default_image

8 years ago

September 4, 2017

पदक विजेता खेलाडी, पत्रकार, कर्मचारी एकै थलोमा सम्मानित

247 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलका दुई खेलाडी राष्ट्रिय प्रतिभा सम्मान २०७४ प्राप्त गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५४ औं वार्षिकोत्सवमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय भलिबल टोली महिलाकी प्रतिभा माली र पुरुष टोलीका कप्तान इमबहादुर रानामगरले उक्त सम्मान प्राप्त गरेका हुन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै अन्य ६ खेलाडी पनि राष्ट्रिय प्रतिभा सम्मान प्राप्त गरेका छन् । यसरी सम्मान प्राप्त गर्नेमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी मनिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङशल तामाङ छन् । उनीहरुले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै प्रशिक्षकमा ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले सम्मान प्राप्त गरे । उनीहरुले समान १ लाख रुपैयाँ प्राप्त गरे । भारोत्तोलनले पनि उत्कृष्ट खेल संघका रुपमा सम्मानसहित १ लाख रुपैयाँ प्राप्त गर्यो । उत्कृष्ट प्रायोजकका रुपमा एसियन थाइ फुड प्रा.लि. महेशकुमार जाजु र सिटिजन्स बैंकलाई पनि सम्मान गरियो । त्यस्तै अखिल नेपाल लनटेनिस संघ र नेपाल ब्याडमिन्टन संघलाई सम्मान पत्रबाट सम्मान प्राप्त गरे ।

खेल पत्रकारलाई सम्मान

राखेपका ५४ औं वार्षिकोत्सवका अवसरमा ६ वरिष्ठ खेल पत्रकार सम्मानित भएका छन् । न्युज २४ का मुकुन्द दाहाल, नेपाल टेलिभिजनका राजु सिलवाल, बिबिसी नेपाली सेवाका निरञ्जन राजवंशी, कान्तिपुर दैनिकका हिमेशरत्न बज्राचार्य, नागरिकका अजय फुयला र नेपाल लाइभ अनलाइनका नवीन आर्याल सम्मानित भएका छन् । सम्मान पत्रसहित उनीहरुले जनही १० हजार रुपैयाँ पाए ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न ३ सय १६ खेलाडी नगदसहित सम्मानित भएका छन् । आर्थिक वर्ष २०७३÷७४ सालमा भएका विभिन्न प्रतियोगिता सफलता पाउने खेलाडीलाई सम्मान गरिएको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् ।
नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा १ सय ३ स्वर्ण, ८४ रजत र ७५ कांस्य जितेका थिए । त्यस्तै टिम स्पर्धामा २८ रजत र २४ कांस्य पदक जितेको थियो । व्यक्तिगत र टिममा स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई ८ हजार र कांस्यलाई ४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

दाहाल र कठायत सर्वोत्कृट कर्मचारी

राखेपले प्रशासनतर्फ मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुशराज दाहाल र प्राविधिकतर्फ ब्याडमिन्टन प्रशिक्षक मेघराज कठायतलाई सर्वोत्कृष्ट कर्मचारीबाट पुरस्कृत गरेको छ ।

प्रशासनतर्फ धनकुटा जिल्ला खेलकुद विकास समितिका प्रमुख नवीन प्रधान तथा प्राविधिकमा फुटबल सहायक प्रशिक्षक प्रकाश मल्ल उत्कृष्ट कर्मचारी चुनिए । त्यस्तै आर्थिक प्रशासन शाखाकी रमा कोइराला प्रशासनतर्फ तथा तेक्वान्दो सहायक प्रशिक्षक पर्शुनारायण बोहरा परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए ।

सर्वोत्कृष्टलाई २५ हजार, उत्कृष्टलाई १५ हजार र सेवा पुरस्कारलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो । राखेपमा २५ र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

२५ वर्ष पूरा गर्नेमा वरिष्ठ अधिकृत कमल खनाल सम्मानित भए । उनले ४ तोलाको चाँदीको पदक पाए । २० वर्ष सेवा गरेका १ सय ६३ जनाले सम्मान वापत ३ तोलाको चाँदीको पदक प्राप्त गरे ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्य गंगाबहादुर थापा, सुदिल शाही, उपेन्द्र पौडेललगायतले सम्मान गरे । सो अवसरमा सातौं राष्ट्रिय खेलकुदको स्मारिक पनि मन्त्री केसीले विमोचन गरेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.