default_image

7 years ago

September 6, 2017

रोहित आज इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग खेलका लागि फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती इन्डोनेसिया फर्कदैछन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ पनि आजै माल्दिभ्स जाँदैछन् । रोहित र किरण सम्मिलित टोली मंगलबार एएफसी एसियन कप छनोट चरणमा ताजिकस्तिानसँग २–१ ले पराजित भएको थियो । रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग खेलका लागि फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती इन्डोनेसिया फर्कदैछन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ पनि आजै माल्दिभ्स जाँदैछन् । रोहित र किरण सम्मिलित टोली मंगलबार एएफसी एसियन कप छनोट चरणमा ताजिकस्तिानसँग २–१ ले पराजित भएको थियो ।

rohit vs Tajikistan

रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् । रोहित केही दिनअघि मात्र स्वदेश फर्केका थिए । २२ खेलपछि ३६ अंकका साथ उनको टोली इन्डोनेसिया लिगको छैटौं स्थानमा रहेको छ । गत बर्ष चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेका रोहितले चैतमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।

एसियन कप छनोटको समूहमा फिलिपिन्स ७ अंकसहित शीर्षस्थानमा, ५ अंकको यमन दोस्रो ३ अंकका साथ ताजकिस्तान तेस्रो र १ अंकको नेपाल पुछारमा छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.