default_image

8 years ago

September 6, 2017

पल्सर स्पोर्टस अवार्ड २०७३– उत्कृष्ट खेलाडीमा किरणसँग अन्य ४ खेलाडीको प्रतिस्पर्धा

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट खेलाडी पुरुषका लागि अलग अलग खेलका ५ खेलाडीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । गत बर्ष उच्च प्रदर्शन गरेका कारण उनीहरुले अवार्डको प्रतिस्पर्धीको रुपमा अभ्याएका छन् । यसपटक यो अवार्डका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, एथलेटिक्सका सोमबहादुर कुमाल, भलिबलका मानबहादुर श्रेष्ठ र क्रिकेटका शरद् भेषावकरबीच प्रतिस्पर्धा हुँदैछ ।

mens

माथि बाँया बाट : किरण चेम्जोङ, शरद् भेषावकर, सोमबहादुर कुमाल । तल बाँयाबाट :  मानबहादुर श्रेष्ठ, रत्नजित तामाङ । 

फुटबलमा नेपालले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्दा किरणले पोष्ट सम्हालेका थिए । कात्तिकमा मलेसियामा नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन किरणको भूमिका महत्वपूर्ण रहेको थियो । उनले सेमिफाइनलमा दुईवटा वटा पेनाल्टी जोगाएका थिए । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमा उनले एक पेनाल्टी बचाएका थिए ।

गत वर्षनै व्यवसायिक फुटबलमा पनि उनले छलाङ मारेका थिए । पुसमा उनी माल्दिभ्सको टिसी स्पोर्टस आबद्ध भएका थिए । टिसी स्पोर्टसलाई बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा च्याम्पियन बनाउँदा पनि नेपालको मनाङ मस्र्याङ्दी क्लबविरुद्धको सेमिफाइनलमा उनी म्यान अफ दी म्याच भएका थिए।

नेपाली एथ्लेटिक्सका नयाँ स्टारका रुपमा उदायका सोमबहादुरले ब्रु्नाई ओपन एथ्लेटिक्स च्याम्पियनसिपको ४ सय मिटरमा स्वर्ण तथा ८ सय मिटरमा रजत पदक जितेका थिए ।  सातौं राष्ट्रिय खेलकुदमा पनि उनले तीन वटा स्वर्ण पदक जितेका थिए । उनले ४ सय, ८ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए ।

चैतमा मालेमा सम्पन्न तेस्रो एसियन सेन्ट्रल जोन मेन्स भलिबल च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको थियो । चार दशक देखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको नेपालको पुरुष टोलीले जितेको त्यो पहिलो आधिकारिक पदक हो । नेपालले ऐतिहासिक पदक जित्दा मानबहादुर उत्कृष्ट आउटसाइड अट्याकर घोषित भएका थिए । यसै गरी बंगबन्धु एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा दुई पटक म्यान अफ दी म्याच बनेका उनी त्रिभुवन आर्मीका प्रमुख खेलाडी हुन् ।

रत्न जितले नेपाली ब्याड्मिन्टनमा पछिल्लो समय एकछत्र राज गर्दै आएका छने । उनले दिदी नङसलसँग मिलेर गत बर्ष पाकिस्तान इन्टरनेसनल सिरिजमा मिक्स डबल्समा उपाधि जितेका थिए । ब्याडमिन्टनमा नेपालले जितेको त्यो अहिले सम्मकै ठूलो पदक हो ।रत्न जितले नेपाल इन्टरनेसनल सिरिज र बंगलादेश इन्टरनेसनल च्यालेन्जमा क्वार्टरफाइनलसम्मको यात्रा गरेका थिए । यसै गरी सातौं राष्ट्रिय खेलकुदमा भाग लिएका सबै विधामा च्याम्पियन बनेका उनले घरेलु प्रतियोगितामा चार स्वर्ण पदक जितेका थिए ।

नेपाली क्रिकेटको सफलता यात्राका भरपर्दा फिनिसर शरद्ले गत बर्ष ९ खेलमा २ सय ६४ रन बनाउनुका साथै ४ विकेट लिएका थिए । अविजित रहँदै उनले तीन पटक अर्धशतक बनाएका थिए । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्ध पहिलो खेलमा ५०, दोस्रोमा ७४ रन तथा केन्यासँग अविजित २४ रन जोडे । इमर्जिङ टिम्स कपमा पनि उनले हङकङविरुद्ध अविजित ५५ तथा पाकिस्तानसँग ३८ रन बनाएका थिए।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना तथा हंसराज हुलास चन्द एन्ड कम्पनी प्रा.लिको मुख्य प्रायोजनामा प्रज्ञा प्रतिष्ठानमा सोमबार हुने अवार्डको पुरुष विधामा मनोनीतमध्येबाट विजेता घोषित हुनेले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.