default_image

8 years ago

September 7, 2017

चितवनमा मनाङलाई झापाले रोक्ला ?

152 views

0 Bookmark

दिपक बोहोरा

चितवनमा जारी प्रथम इ प्लानेट जेसिज कप फुटबल प्रतियोगितामा आज लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रमपम झापा ११ आमने सामने हुँदैछन् । अघिल्लो वर्ष झापा गोल्डकपमा आफ्नै घरेलु मैदानमा मनाङसँग पराजित हुँदै उपाधि गुमाएको झापा त्यो हारको बदला लिने धुनमा रहने छ ।

मनाङ र झापाबीचको प्रतिस्पर्धा । फाइल तस्बिर

घरेलु फुटबलमा सफल क्लब मनाङ भने झापालाई हराउँदै यो सिजनको पहिलो उपाधि कब्जा गर्ने धुनमा रहने छ । आठ जना राष्ट्रिय टोली सदस्य र ३ जना यू २३ टोली रहेका खेलाडीलेसहित चितवन पुगेको मनाङलाई हराउन झापालाई निकै कठिन हुनेछ । तर कर्ण लिम्बु, योगेश गुरुङ र बुद्ध चेम्जोङ जस्ता खेलाडी रहेको जुझारु झापालाई हराउन मनाङलाई पनि सहज भने हुने छैन ।

अघिल्लो सिजनका खेललाई हेर्ने हो भने इतिहास मनाङको पक्षमा छ । दुहबी गोल्ड कपको सेमिफाइनलमा मनाङले झापालाई २—० ले हराएको थियो । त्यस्तै मनाङले झापा गोल्ड कपको फाइनलमा आयोजक झापालाई उसकै घरेलु मैदानमा १—० ले हराउँदै उपाधि जितेको थियो ।

‘इतिहास निर्माण गर्ने विषय हो । झापा आफैँमा दरो टिम हो त्यसैले हामी सचेत भएर खेल्ने छौँ ,’ मनाङका प्रशिक्षक हेमन्त आले भन्छन्, ‘इतिहास मनाङकै पक्षमा भए पनि इतिहास उल्टन पनि सक्छ ।’ मनाङ आज पहिलो पल्ट सुरुवाती ११ मा विदेशी खेलाडीबिना मैदानमा उत्रने पनि आलेले बताए ।

इतिहास जे भए पनि इतिहासलाई बिर्सेर नयाँ इतिहास रच्ने उद्देश्यसहित मैदानमा उत्रने झापाका प्रशिक्षक भीम केसीले बताए । ‘मनाङ बलियो टोलीे, मनाङसँगको खेल सहज नभए पनि नतिजा आफूहरुतिर पार्ने प्रयास गर्नेछौँ,’ केसीले थपे,’हामी खेलको अन्तिम समयसम्म जितको लागि मैदानमा सङ्घर्ष गर्ने छौँ ।’

मनाङले गत बर्ष पोखराको आहा रारा गोल्ड कप, सुदुर पश्चिमको खप्तड गोल्डकप, झापाको झापा गोल्डकप र सर्लाहीको राजजनकश्री गोल्डकप सहित चारवटा उपाधि जितेको थियो । यता झापाले इलामको माइभ्याली गोल्डकप र विराटनगरको विराट गोल्डकप गरी दुईवटा उपाधि जितेको थियो ।

प्रथम ई(प्लानेट जेसिस कप फुटबल प्रतियोगितामा झापा ११ले अर्को ‘ए’डिभिजन क्लब हिमालय शेर्पालाइ हराएर आएको हो भने मनाङले सिधै बाइ पाएर क्वाटर फाइनल प्रवेश गरेको हो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.