8 years ago
September 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पल्सर स्पोर्टस अवार्ड २०७३ को चार मित्र बाँकी छ । यस्तो अवस्थामा ८ विधाको अवार्ड कसले जित्ला भने चर्चा पनि चुलिएको छ । यसपटक महिला वर्ष खेलाडीको उपाधिका लागि ४ खेलका ५ खेलाडीबीच तीब्र प्रतिस्पर्धा रहेको छ ।

माथि बाँयाबाट – ज्ञानु अवाले, सरस्वती भट्टराई र सावित्रा भण्डारी ।
तल बाँयाबाट – नङ्सल तामाङ र कान्छीमाया कोजु ।
लामो दूरीकी धाविका एपिएफकी कान्छीमाया कोजुसँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र त्रिभुवन आर्मी क्लबकी धाविका सरस्वती भट्टराई महिला वर्ष खेलाडीका लागि दाबेदार हुन् ।
सावित्रा भण्डारी राष्ट्रिय महिला फुटबल टोलीकी सबै भन्दा प्रभावशाली खेलाडी मानिन्छिन् । उनी एक वर्षमा १३ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् । तीमध्ये १२ गोल भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिपमा गरेकी उनले भुटानविरुद्ध मात्र ६ गोल गरेकी थिइन् ।
एउटै ‘दोहोरो ह्याट्रिक’ गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । प्रधानसेनापति कपमा १३ गोल गरेकी उनी सर्बोत्कृष्ट खेलाडी घोषित् भएकी थिइन् । उनको उत्कृष्ट प्रदर्शनमा एपीएफले प्रधान सेनापति कपको उपाधि जितेको थियो । सावित्राले राष्ट्रिय महिला लिगमा पनि सर्बाधिक १६ गोल पनि गरेकी थिइन् ।
ब्याडमिन्टनकी नङ्सलले भाइ रत्नजितसँगै मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएका थिए । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्णपदक जितेका थिए ।
नङ्सलले घरेलु प्रतियोगितामा सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी गत वर्ष सात उपाधि जितेकी थिइन् । उनी सबैभन्दा सफल भने गत बर्ष सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा भएकी भइन्, जहाँ सिंगल्स, डबल्स र टिम इभेन्ट्स सबैमा पहिलो स्थान हासिल गरेकी थिइन् ।
कान्छीमाया पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत् पिपुल्स च्वाइस अवार्डमासमेत मनोनयमा परेकी छिन् । गत वर्ष हाफ म्याराथनमा ५ उपाधि जितेकी कान्छीमायाले राष्ट्रिय कीर्तिमानसहित म्याराथन र हाफ म्याराथनको उपाधिहरु जितेकी छिन् ।
उनले गत वर्ष काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । त्यस्तै उनले पिंकाथन हाफ म्याराथन पनि १ घण्टा १८ मिनेट २५ सेकेण्डको अर्को कीर्तिमान पनि बनाएकी थिइन् ।
त्यसबाहेक कान्छीमायाले धनगढी, नेपालगंज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत हासिल गरेकी थिइन् । उनले पूर्वान्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको ५ सय र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने ४ गुणा ४ सय मिटर रिलेमा रजत पदक हात पारेकी थिइन् । त्यस्तै न्यू ताइपेइ सिटी म्याराथनमा ११ औं स्थानमा रहदा उनी आफ्नो उमेर समूहमा विजेता बनेकी थिइन् ।
सरस्वती छोटो समयमा महिला एथलेटिक्समा नाम बनाउन सफल खेलाडी हुन् । सरस्वती रियो ओलम्पिकमा नेपाली प्रतिनिधिमध्ये सबैभन्दा सफल खेलाडी बनेकी थिइन् । उनले १५ सय मिटरमा २६ वर्ष पुरानो राजकुमारी पाण्डेको राष्ट्रिय कीर्तिमान तोडेकी थिइन् ।
उनले राष्ट्रिय कीर्तिमान भंग क्रममा निर्धारित दूरी ४ मिनेट ३३.९४ सेकेन्डमा पूरा गरेकी थिइन् । सरस्वतीले सातौ राष्ट्रिय खेलकुदमा १५ सय मिटर, ८ सय मिटर र ४ गुणा ४ सय मिटर रिलेमा गरी ३ स्वर्णपदक जितेकी थिइन् ।
आर्मीकी आर्चरी खेलाडी ज्ञानु बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाली महिला टोलीले रजत पदक जित्दा टिमका मुख्य खेलाडी रहेकी थिइन् ।
उनले नेपालको लागि सर्बाधिक ५ सय ६४ स्कोर गरेकी थिइन् । ज्ञानुले सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित रिकर्भ ७० मिटरमा स्वर्ण पदक जितेकी थिइन् । उनले ३ सय ३ अंक जोडेकी थिइन् ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]