8 years ago
September 8, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा आयोजना हुने विश्व कपको छनोट चरण जारी छैन । छनोट चरणका खेलहरु अझै बाँकी रहेपनि ७ राष्ट्रले अहिले सम्म विश्व कपमा स्थान सुरक्षित पारिसकेका छन् । आयोजक भएका नाताले रुस स्वतः विश्व कप खेल्न पाउनेछ । त्यसअर्थमा ३२ मध्ये ८ टोलीको विश्व कप खेल्ने टुंगो लागिसकेको छ । रुसको विश्व कपमा यो चौथो सहभागिता हो । त्यसबाहेक विश्व कपका लागि छनोट भइसकेका राष्ट्र यस्ता छन् ।

ब्राजिल – छनोट चरणमा अन्ति दुई खेल बाँकी हुँदै दक्षिण अमेरिकी क्षेत्रमा अग्रस्थानमा रहेको ब्राजिल विश्व कपका लागि छनोट भइसकेको छ । पाँच पटकको विजेता ब्राजिल सदाबहार उपाधिको दाबेदार टोली हो ।
बेल्जियम – यस पटकको विश्व कपमा छनोट हुने बेल्जियम पहिलो युरोपेली राष्ट्र हो । युरोपियन छनोट चरणमा समूह ‘एच’ मा दुइ खेल बाँकी हुँदा शिर्षस्थानमा रहेको बेल्जियमको १० अंकको अग्रता छ ।
मेक्सिको – उत्तर , मध्य अमेरिका र क्यारिबियनको छनोट चरणमा पानामासँग १–० को जित लगतै मेक्सिको छनोट चरणमा अपराजित हुँदै विश्व कपमा स्थान बनाउन सफल भै सकेको हो ।
इरान , दक्षिण कोरिया , जापान र साउदी अरब – एसिया क्षेत्रबाट विश्व कपमा छनोट हुने चार टोली पक्का भइसकेको छ । यसपटक इरान , दक्षिण कोरिया , जापान र साउदी अरबले एसियाको प्रतिनिधित्व गर्नेछन् । एसियाको छनोट चरणमा इरान समूह ‘ए’ को विजेता र दक्षिण कोरिया उपविजेताका रुपमा विश्व कपका लागि छनोट भएका हुन् ।
त्यस्तै अर्को समूहबाट जापान विजेता र साउदी उपविजेताका रुपमा अघि बढेका हुन् । छनोटको अन्तिम खेलमा जापानमाथि अविश्वसनिय जित हासिल गर्दै साउदी विश्व कपका लागि छनोट भएको हो । अस्ट्रेलियासँग समान अंक भएपनि गोलअन्तरका आधारमा साउदी अघि बढेको हो । अस्ट्रेलियाले भने प्ले अफ खेल्नु पर्नेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]