default_image

8 years ago

September 8, 2017

टुबोर्ग दुधे गोल्ड कपमा ८ टोलीले प्रतिस्पर्धा गर्ने

108 views

0 Bookmark

सबिन शेर्मा

झापा (हाम्रो खेलकुद)– अर्को महिना टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । झापाको शिवशताक्षी नगरपालिकाको दुधे क्लबको आयोजनामा हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । झापामा सिजनको पहिलो प्रतियोगिता रुपमा रहेको दुधे नकआउट असोज ४ गते सुरु हुनेछ ।

 

३ लाख १ हजार रुपैयाँ विजेताले प्राप्त गर्ने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, हिमालयन शेर्पा, चर्च ब्वाइज क्लब, रुपन्देही ११, मोरङ ११ र आयोजक दुधे युवा क्लबले प्रतिस्प्र्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो हुने टोलीले १ लाख ५१ ह्जार रुपैयाँ प्राप्त गर्नेछ ।

असोज ११ गते सम्म चल्ने प्रतियोगिताको सर्वाधिक गोल कर्ता र सवोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.