7 years ago
September 8, 2017
काठमाडौं – त्रिभुवन आर्मीका फरवार्ड प्रिन्स जर्ज कार्की भाग्यमानी खेलाडीमा पर्दछन् । जसले राष्ट्रिय टोलीमा समेटिएको पहिलो खेल पटकनै ‘डेब्यू’ को अवसर पाए । मंगलबार एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध खेल्दै प्रिन्सले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । नेपालको कुनै पनि उमेर समूहमा नखेली उनी सिधै राष्ट्रिय टोलीमा छनोट हुने कम खेलाडीमा पर्दछन् ।
तस्बिरहरु: विवेक सुबेदी/ हाम्रोखेलकुद डट कम
क्लबका लागि पछिल्लो सिजन गरेको उच्च प्रदर्शनले उनका लागि राष्ट्रिय टोलीको ढोका खुलेको थियो । जसले उनलाई अरु खेलाडीले जस्तो सपना पुरा गर्न धेरै कुर्नुपरेन । छोटो समयमा राष्ट्रिय झन्डा अंकित जर्सी लगाउने अवसर जुर्यो । बन्द प्रशिक्षणमा पर्दा नै उनले भनेका थिए,‘ राष्ट्रिय टोलीबाट खेल्ने सपना छ ।’ यो साता त्यो सपना पुरा पनि भएको ।
मोफसलका पछिल्ला दुई प्रतियोगिता खेलेका प्रिन्स दुवैमा सर्वाधिक गोलकर्ता बनेका थिए । सर्लाहीमा आयोजित राजर्षी जनक कपमा पहिलो पटक आर्मीबाट खेलेका प्रिन्सले ३ खेलमा ३ गोल गर्दै टोलीलाई फाइनलसम्म पुर्याए । लगत्तै वीरगंजमा भएको विशाल स्मृति फुटबल प्रतियोगितामा पनि प्रिन्सले टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । त्यहाँ ३ खेलमा ४ गोल गरे । वीरगन्जको प्रतियोगिताका दौरान कप्तान भरत खवास लगायत राष्ट्रिय टोलीका खेलाडी आर्मी टोलीमा थिएनन् । राष्ट्रिय टोलीका सदस्य आर्मीका अर्का स्ट्राइकर नवयुग श्रेष्ठ भने चोटका कारण आराम गरिरहेका थिए ।
आर्मी प्रवेश अघि फुटबलमा प्रिन्सको आफ्नै कथा छ । २०६९ मा सी डिभिजन छनोट हुने गृह बनेपा ब्वाइज क्लब (बिबिसी) खेले । अर्को बर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्सको त्यसपछिको यात्रा भने सेना तिर मोडियो । काभ्रेको पनौती नगरपालिका सुन्थानमा जन्मिएका प्रिन्सले आर्मीबाट फुटबल करियर अघि बढ्ला भने सायदै सोचेका थिए ।
२३ वर्षिय प्रिन्स मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए । आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे । भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए । नेपाल फर्केपछि उनलाई क्लबका प्रशिक्षक नवीन न्यौपानेले सोझै सिनियर टोलीमा समेटे ।
‘सर्लाहीको प्रतियोगिता खेल्ने तयारीमा थियौं । हाम्रो मुख्य स्ट्राइकर राष्ट्रिय टोलीमा थिए । वैकल्पिक स्ट्राइकरहरु पनि पूर्ण रुपमा फिट नभएकोले अरु खेलाडी छन् क भनेर सोधे,’ प्रिन्स राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएपछि प्रशिक्षक न्यौपानेले हाम्रो खेलकुद डटकमसँग भनेका थिए,‘ व्यवस्थापनबाट प्रिन्सको बारे थाहा पाए । सुटिङ र सेट पिस राम्रो भएको सुने । त्यसपछि उनलाई प्रशिक्षणमा सामेल गराए । ’
न्यौपानेले सुने जस्तै प्रिन्सको सुटिङ र सेट पिस देख्दा खुसी लागेको सम्झदै उनले भने, ‘ तर टोलीमा खेल्दा केहि असहज महसुस भए जस्तो लाग्थ्यो । टोलीमा अरु स्ट्राइकर नभएकोले पनि उनलाई केहि टिप्स दिए । विस्तारै सुधार देखियो अनि सर्लाही लाग्ने निर्णय गरें । ’सर्लाहीमा पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रिन्सले २ गोल गर्दै आफुमा पर्याप्त क्षमता रहेको उदाहरण दिए । दोस्रो खेलमा पहिलो रोजाइमै परेका उनले राम्रो त खेले नै गोल पनि गरे ।
उनको मेहनतले राष्ट्रिय टोलीका प्रशिक्ष ग्यातुको कोजी पनि प्रभावित छन् । त्यसैले होला उनको मेहनतको कदर गर्दै उनले घरेलु मैदानमा ‘डेब्यू’ गराए । कोजीको नजरमा प्रिन्सले लामो समय राष्ट्रिय टोलीमा प्रभाव पार्न सक्ने आकलन गरेर हुनुपर्छ खेल सकेपछि भनेका थिए,‘प्रिन्स नयाँ खेलाडी हुन् । उनी मिहेनती छन् । आउने खेलका लागि सहज होस् भनेर घरेलु मैदामा खेलाएका हौं ।’ उनै प्रिन्ससँग हाम्रो खेलकुदका दिपेश तिमलसिनाले गरेको १२–२७ कुरा ।
१.कहिलेबाट खेल्न सुरु गर्नु भयो ?
– म सानो हुँदा देखि नै खेल्थे । ८/९ बर्षको हुँदा देखिनै गाउँमा साथीहरु सँग खेल्न थालेको थिए ।
२.पहिलो पटक पदक जित्दा कस्तो महसुस भयो ?
– हामीले स्थानीय बिबिसी क्लबबाट खेल्दा २०६८ सालमा जिल्ला लिग जितेका थियौं । म त्यो प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएको थिए । एकदमै खुसी लागेको थियो।
३. फुटबल कसरी लाग्नु भयो ?
– म गाउँ बाट काठमाडौँ आएपछि कलेजमै साथीहरु सँग खेल्थे । कलेज लेभलको प्रतियोगिता पनि खेल्न थालियो । पछि सेन्ट जेभियर्समा पढ्दा हामीलाई प्रशिक्षण गराउने कोच अनिश नेपालीले तेरो सबै कुरा राम्रो छ । तैले गर्न सक्छस भनेर हौसला दिनुभयो । सँगै खेल्ने साथी भाईले पनि त अझै माथिल्लो स्तरमा खेल भन्थे । आर्मी आबद्द भएपछि झन् नियमित खेल्न थाले मलाई कलेजमा खेल्दा देखि नै एक दिन राष्ट्रिय टोलीमा पर्न सक्छु भन्ने चाही थियो ।
४. कुन फोन चलाउनु हुन्छ र फोन किन्दाको मूल्य ?
– नोट ५, बजार मूल्य ७५ हजार रुपैयाँको हाराहारीमा पर्दछ ।
५.कुन बाइक-गाडी चढ्नु हुन्छ र मूल्य ?
– बाइक र गाडी दुवै प्रयोग गर्छु । गाडी टाटाको सफारी स्ट्रोम किन्दाको मूल्य ५५ लाख रुपैयाँ पर्छ । बाइक क्रस फायर चढ्छु । मूल्य ६ लाख रुपैयाँ पर्छ ।
६.वार्षिक कति कमाउनु हुन्छ ?
– ३÷४ लाख रुपैयाँ ।
७. खेलाडी नबनेको भए के गर्नु हुन्थ्यो होला ?
– खेलाडी वा आर्मी नबनेको भए शिक्षक हुन्थे । मेरो आफ्नै स्कुल छ काभ्रेमा त्यहि पढाउथे होला ।
८.शैक्षिक योग्यता कति छ ?
– ब्याचलर सकियो । पढाईलाई अझै निरन्तरता दिन्छु ।
९.कस्तो फिल्म हेर्नुहुन्छ र पछिल्लो पटक हरेको फिल्म ?
– एक्सन र थ्रिलर फिल्म मन पर्छ । पछिल्लो पटक हेरेको विल स्मिथको सेभेन पाउन्ड्स ।
१०.सबैभन्दा मन पर्ने नायक र नायिका ?
– भिन डिजेल र जेनिफर लरेन्स ।
११. सबैभन्दा मन पर्ने गायक र गायिका ?
– एड्रियन प्रधान, गायिकामा त्यस्तो कोहि छैन ।
१२. अहिलेको दिनहरुमा सबैभन्दा धेरै पटक सुनेको गीत ?
– डेस्पासितो
१३. सिंगल हुनुहुन्छ ?
– अहिले सिंगल छु । कलेज पढ्दा लभ परेको थियो । अहिले ब्रेकअप भैसक्यो ।
१४.किताब कतिको पढ्नु हुन्छ ? पछिल्लो पटक पढेको किताब ?
– पढ्छु । आर्मी ट्रेनिङ सरु गरेपछि पढ्न थालेको हो । पछिल्लो पटक पढेको हरिवंश आचार्यको हरि बहादुर ।
१५.अहिलेसम्म कति देश पुग्नु भयो ? सबैभन्दा पुग्न इच्छा भएको देश ?
– एउटा देश पुगेको छु । अमेरिका पुग्न मन छ ।
१६. नेपालमा सबैभन्दा मनपर्ने ठाउँ ?
– पोखरा।
१७. सबैभन्दा मनपर्ने खानेकुरा ?
– ग्रिल्ड चिकेन ।
१८. खाना बनाउनु हुन्छ ? आफैले पकाएको सबैभन्दा मिठो के लाग्छ ?
– ट्रेनिङमा सिकेको खासै पकाउन आउँदैन । उसिन्न मात्र आउछ । पकाउनै राम्ररी नआउनेले के मिठो बनाउनु ।
१९. सामाजिक सञ्जाल कतिको चलाउनु हुन्छ र प्रेम प्रस्ताव कतिको आउँछ ?
– नियमित चलाउछु । प्रस्ताब आएपनि त्यसपट्टि म खासै ध्यान दिन्न । फ्लर्ट पनि गर्दिन । आर्मी जस्तो मर्यादित संगठनमा भएर होला फ्लर्ट गर्न शोभा दिदैन जस्तो लाग्छ । स्कुलमा पनि प्रिन्सिपलको छोरा भएर होला डर लाग्थ्यो ।
२०. पहिलो कमाई के गर्नु भयो ?
– ३ हजार रुपैयाँ पाएको थिए ममीलाई दिए । साह्रै खुसि हुनुभयो ।
२१. खेल जीवनमा सबैभन्दा खुसी भएको क्षण ?
– देहरादुनमा आर्मी क्याडेड ट्रेनिङमा उत्कृष्ट घोषित हुँदा र नेपालको राष्ट्रिय टोलीबाट बाट खेल्दा । नर्भस र एक्साईटेड दुवै थिए । नेपालबाट खेल्ने सपना पुरा भयो । त्यति धेरै दर्शकले मेरो नाम लिदा आफ्नो जिम्मेवारी बढेको महसुस गरे ।
२२. फुर्सदको समयमा के गर्नु हुन्छ ?
– घुम्छु, साथिहरु सँग समय बिताउँछु ।
२३. आफुले चाहेर पनि गर्न नसकेको काम ?
– खासै त्यस्तो त छैन, भर्खर त करियर सुरु हुँदैछ । साथीहरु सँग विदेश घुम्न जान मन छ त्यो पनि चाडै पुरा गर्छु होला ।
२४.राष्ट्रिय टोलीमा सबैभन्दा मिल्ने साथी र आशालाग्दो खेलाडी ?
– भर्खर त राष्ट्रिय टोलीमा परेकोले, घुममिल हुँदैछु । सबै जना राम्रो लाग्छ । आशालाग्दो खेलाडी यू १६ का कप्तान रोशन राना मगर ।
२५.मनपर्ने अन्तराष्ट्रिय टोली र खेलाडी ?
– क्लबमा रियल मड्रिड, खेलाडीमा क्रिस्टियानो रोनाल्डो
२६. तपाईको नजरमा फुटबल खेलको विकास कसरी होला ?
– नियमित फुटबल हुनपर्यो । अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास गर्नुपर्दछ । सहर क्षेत्रमा घाँसे मैदानको आश्यकता छ ।
२७.आफ्ना शुभेच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?
–हौसला,प्रोत्साहन र सुझावले यहाँ सम्म आइपुगेको छु । सबैले भरोसा गर्नुभएको छ । आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छु ।
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]
September 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार […]
September 12, 2024
पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]