खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको छ । अब उनीहरु फुटबलको कुनै गतिविधिमा संलग्न हुन पाउने छैनन् ।
एएफसीको अनुसासनसमितको शुक्रबार बसकेको बैठकले उनीहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपाली खेलाडीहरुको साथै एक ताजिकिस्तानी रेफ्री पनि आजीवन प्रतिबन्धमा परेका छन ।
म्याच फिक्सिङको आरोपमा असोज २७ गते पक्राउ परेका खेलाडीहरु विशेष अदालतले भने थुनछेक वहसपछि अन्जन र रितेशलाई ५ लाख, सागरलाई १ लाख ५० हजार र सन्दीप र विकासलाई ५०/५० हजार धौरटी लिएर छोड्न आदेश दिएको थियो ।