9 years ago
December 6, 2015
खेल मिलेमतोको अभियोगमा राष्ट्यि टोलीका कप्तान सागर थापासहित ५ खेलाडीमाथि एसियाली फुटबल महासंघ (एएफसी) को अनुशासन समितिले आजिविन प्रतिबन्ध लगाएको थियो , त्यस निर्णय बिरुद्ध खेलाडीहरूले अपिल गर्ने बताएका छन् , कान्तिपुर अनलाईन ले जनाएको छ ।
‘एएफसीले १० दिनभित्र अपिल गर्ने समय दिएको छ । हामी त्यस निर्णयविरुद्ध पक्कै पनि अपिल गर्नेछौं, फुटबल टोलीका पूर्व कप्तान सागर थापाले कान्तिपुर लाई भने ।
‘आजीवन प्रतिबन्ध हुनु भनेको अन्याय हो । यदि यही हो भने जिन्दगी नै सकिने भयो । भविष्यमा फुटबलमा मिहिनेत र केही गर्ने सपना चकनाचुर भयो, शत प्रतिशत हामी फिक्सिङमा संलग्न छैनौं । यो कसैको पूर्वनियोजित षडयन्त्रजस्तो लागेको छ । फुटबल राजनीतिको चपेटामा हामीलाई मोहोरा बनाइयो ’ , सागर थापाले थपे ।
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]
December 12, 2024
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]