default_image

10 years ago

December 7, 2015

टप ३० युवा गोलकर्तामा नेपालका तिन फुटबल खेलाडी

240 views

0 Bookmark

विश्व फुटबल जगतमा अन्तरष्ट्रिय गोल गर्ने सबैभन्दा युवा खेलाडी म्यान्मारका छन्, तर टप ३०मा नेपालका तिन खेलाडी पर्न सफल रहेका छन्|

page

सन् २०००मा म्यानमारका लागि थाईल्याण्ड विरुद्ध चौध वर्ष ९३ दिनको उमेरमा गोल गर्दै ‘अङ् क्या टुन्’ले सबैभन्दा युवा गोलकर्ताको नाम आफ्नो बनाएका थिए| युवा गोलकर्ताको सुचि हेर्दै जाने हो भने नेपालका विमल घर्ति मगरको नाम छैटौं स्थानमा रहेको छ| २०१३को साफमा पाकिस्तान विरुद्द गोल गर्दा विमलको उमेर १५ वर्ष २२० दिन मात्र थियो|

यसबाहेक, हाल नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक रहेका हरि खड्काको नाम २७औं नम्बरमा पाउन सकिन्छ| १९९५मा पाकिस्तान विरुद्ध हरिले गोल हान्दा उनको उमेर मात्र १६ वर्ष २१७ दिन थियो| उनीसंगै भरत खवासपनि पाकिस्तान विरुद्ध गरेको गोलले ३०औँ स्थानमा रहन सफल भएका छन्|  १६ वर्ष २४७दिनको उमेरमा उनले पाकिस्तान विरुद्ध २००८मा गोल गरेका थिए| हरि खड्का र निराजन रायमाझी अझै प्पानी १३ गोलका साथ नेपालका उच्च गोलकर्ता रहेका छन्| सानो उमेरमै आफ्नो कौशल देखाएका भरत खवास र विमल घर्ति मगरनपाली फुटबल समर्थकका आशाका केन्द्रविन्दु बनेका छन्|

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.