default_image

8 years ago

September 19, 2017

डेम्बेलेको चोटले डर्टमन्डलाई पनि घाटा

121 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ ।

Dembele

डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । बार्सिलोनासँगको सम्झौता अनुसार डेम्बेलेले यो सिजन ५० खेल खेले भने जर्मन क्लब डर्टमन्डले थप १० मिलियन युरो पाउने सर्त थियो ।

तर, अब डेम्बेलेको यो सिजन बार्सिलोनाबाट ५० खेले खेल्ने सम्भावना कम भएको छ । बार्सिलोनाले डेम्बेलेका लागि प्रारम्भिक कीर्तिमानी १ सय ५ मिलियन युरो तिरेको थियो । विभिन्न सर्तहरूसहित लागत १ सय ४७ मिलियन युरो पुग्ने सम्भावना थियो ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.