8 years ago
September 26, 2017
मस्को (एजेन्सी) – च्याम्पियन्स लिग समूह ई अन्तर्गत स्पार्टाक मस्को लिभरपुलसँग भिड्दै छ । दुवै टोलीले आफ्नो पहिलो खेलमा बराबरी खेलेका थिए ।
लिभरपुलका जो गोमेज सेभिल्लासँग रातो कार्ड पाएकाले यस खेलमा प्रतिबन्धित छन् । त्यस्तै गोलकिपरमा लिभरपुलका लागी लोरिस केरियसले सुरुआत गर्ने छन् । मस्कोका लागि जानो आनानिड्जे घाइते भएका कारण खेल्ने छैनन् भने घाइते रहेका कुइन्सी प्रोमेस भने टोलीमा फर्कँदै छन् ।
त्यस्तै प्रिमियर लिगमा राम्रो सुरुआत गरेको म्यानचेस्टर सिटी शाख्तार डोनेस्कसँग भिड्दै छ । सिटीका लागि बेन्जामिन मेन्डि र भिन्सेन्ट कम्पनी खेल्न अनिश्चित छन् । शाख्तारका कप्तान डारिजो सर्ना पनि घाइते रहेका छन् । सिटी र शाख्तार दुवैले समूह एफको आफ्नो पहिलो खेलमा जित दर्ता गरेका थिए ।
अर्को प्रिमियर लिग टोली टोटनह्याम हटस्पर भने समूह एचमा अपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्यामले आफ्नो पहिलो खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको थियो भने एपोएल रियल म्याड्रिडसँग ३–० ले हारेको थियो । टोटनह्यामका लागि डेले अल्लि र जान भेर्टोनघेन प्रतिबन्धित छन् भने क्रिस्टियन एरिक्सन घाइते रहेका छन् ।
च्याम्पियन्स लिगमा आजका अन्य खेलहरु
समूह ई : सेभिल्ला विरुद्ध मेरिबोर
समूह एफ : नेपोली विरुद्ध फेयेनूर्ड
समूह जी : बेसिक्टास विरुद्ध आरबी लेपजिग, मोनाको विरुद्ध पोर्टो
(सबै खेलहरु आज १२.३० बजे सुरु हुने छन् ।)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]