default_image

8 years ago

September 30, 2017

हडर्ल्सफिल्डको सामना गर्दै टोटेनह्याम

144 views

0 Bookmark

हडर्ल्सफिल्ड (एजेन्सी) – स्वास्न्सी सिटीसँगको बराबरी पछि प्रिमियर लिगमा लगातार दुई जित हासिल गरेको टोटेनह्याम हटस्पर्सले आज हडर्ल्सफिल्डको सामना गर्दैछ । 

Kane score

अघिल्लो खेलमा वेस्ट ह्यामसँग रातो कार्डको सामना गरेका सर्जे अरुयर आजको खेलमा प्रतिबन्धित रहेनेछन् । वेस्ट ह्यामसँग सहज ३–० को अग्रता लिएको स्पर्सले अरुयरको रातो कार्डसँगै २ गोल को सामना गरेको थियो । स्पर्स ६ खेलमा ३ जित र २ बराबरीसँगै अंक तालिकाको चौथो स्थानमा छ ।

त्यस्तै यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हडर्ल्सफिल्डले सिजनमा राम्रो सुरुआत गरेको छ । नवौं स्थानमा रहेको हडर्ल्सफिल्डको २ जित र ३ बराबरीसँगै ९ अंक छ । अर्को खेलमा बोर्नमाउथले घरेलु मैदानमा लेस्टरको सामना गर्दैछ । दुवै टोलीको ६ खेलमा १ जित छ । प्रिमियर लिगका अन्य खेलमा आज स्टोक र साउथह्यामटन , वेस्ट ब्रोम र वाटफर्ड र वेस्ट ह्याम र स्वान्सी सिटी भिड्दै छन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.