8 years ago
October 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले विधान संसोधन गर्दै रुस्लान थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने निर्णय बहुमतबाट पारित गरेको छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) र एसियायी फुटबल महासंघ (एएफसी)का प्रतिनिधिको उपस्थितिमा सोमबार ललितपुरमा बसेको विशेष साधारणसभाले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ र विधान संसोधन समितिका संयोजक मणि कुँवरले पेस गरेको विधान संसोधन र थ्रीस्टारलाई क्षतिपूर्ति दिनेबारेको दुई महत्वपूर्ण निर्णयहरु पारित गरेको हो । एन्फाको आसन्न पुस ८ मा हुने नयाँ कार्यसमितीको निर्वाचन यसै विधानमा रहेर हुनेछ । यस्तै साधारणसभाले पाँच वर्ष फुटबलमा रही दुई वर्ष सक्रिय रुपमा लागि परेकालाई चुनावमा उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ ।
साधारणसभामा २० धारा छोएर ३८ बुँदालाई संशोधन गरेको छ । यस्तै साधारण सभाले यसअघि बसेको कार्यसमिति बैठकले गरेको महिला समिति हटाउने निर्णयलाई उल्टाएर महिला समिति यथावत राख्ने र निर्वाचनको भोटिङ राइट दुईबाट ३ जना पु¥याउने निर्णय गरेको छ । संसोधित विधान अनुमोदन गरेसँगै अहिले भोटिङ राइट पाउदै गरेका ४५ जिल्ला, १४ ‘ए’ डिभिजन, ९ ‘बी’ र ५ ‘सी’ डिभिजन क्लब र विभिन्न चार समितिहरुले निर्वाचनको बेला ३ जना पदाधिकारीहरु पठाउन सक्ने निर्णय गरेका छन् ।
मुलुर संघीय संरचनामा गईरहेको अवस्थामा एन्फाले पनि मुलुक संघीय संरचनामा गइसकेपछि त्यसै अनुरुप संरचना परिवर्तन गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी गराए ।
‘देश संघीय संरचनामा जाने अभ्यासमा छ । हामीले अहिले नै आफ्नो संरचना परिवर्तन गर्न गाह्रो छ ।’ सिइओ तुलाधरले भने, ‘पुसम हुने चुनावी साधारण सभाबाट चुनिने नयाँ कार्यसमितिले यसबारे अभ्यास थालि हाल्नुपर्ने छ ।’ यस्तै सिइओ तुलाधरले देश संघीयतामा गए संघीयता अनुसार विधान तयार गरिने पनि बताए । ‘४५ जिल्ला एन्फाका सदस्य रहेका छन् । देश संघीयता हुने बित्तिकै संघीयता अनुसार विधान तयार गर्नेछौं ।’ सिइओ तुलाधरले भने ।
यस्तै एन्फाको बिशेष साधारणसभाले ‘ए’ डिभिजन क्लबलाई १ करोड ५० लाख दिने निर्णय बहुमतले पारित गरेको छ । थ्रीस्टारको क्षतिपुति रकम बढीमा तीन किस्तामा मङ्सिर १० गतेभित्र दिने यसअघि नै निर्णय भैसकेको थियो । यही विषयलाई एन्फाको विशेष साधारण सभाले पारित गरेको हो । एन्फाका अक्षम्य गल्तीका कारण थ्रीस्टारले एएफसी कपको दोस्रो चरणको खेल खेल्न नपाएपछि थ्रीस्टारले क्षतिपुति स्वरुप ६ करोड र दोषीमाथि कारबाहीको माग गरेको थियो । तर, पछि थ्रीस्टार र एन्फाबीच १ करोड ५० लाख लिने दिने विषयमा सहमति भएको थियो । यही विषय एन्फाको अघिल्लो कार्यसमिति बैठकमा उठेको थियो । एन्फाले यसअघि एक छानविन समिति बनाएर दोषी देखिएका महासचिव धिरेन्द्र प्रधान तथा कर्मचारीहरु गोकुल थापा र बसन्त रिजाललाई कारबाहीका लागि सिफारिस गरेको थियो । एन्फाले गत भदौ २९ गतेदेखि उनीहरुलाई १५ दिनका लागि निलम्बन गरेको थियो । उनीहरुको निलम्बन फुकुवा भैसकेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]