default_image

8 years ago

October 9, 2017

विश्वकपको सम्भावना जोगाउन अर्जेन्टिनालाई जित्नपर्ने दबाब

167 views

0 Bookmark

इक्वेडर (एजेन्सी) – दक्षिण अमेरिकी विश्वकप छनोटको अन्तिम खेलका लागि अर्जेन्टिना इक्वेडर पुगेका छन् । अर्जेन्टिनाको टिमलाई त्यहाँको सुरक्षकर्मीले अत्यन्तै कडा सुरक्षकाबीच होटलमा लगेको थियो

argentina messI celebrate

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको विश्वकप यात्रा निकै कठिन मोडमा रहेको समुन्द्री सतहबाट हजार फिट माथिको उचाईमा हुने खेलमा अर्जेन्टिना जितेमा कम से कम प्ले अफ मार्फत छनोट हुने सम्भावना जीवित राख्छ ।  तर बराबरी खेलेमा अर्जेन्टिनाले अन्य खेलमा निर्भर रहनु पर्नेछ । अर्जेन्टिना इक्वेडरबीच बुधबार बिहान खेल हुुदैछ

दुई पटकको विश्व विजेता अर्जेन्टिनाले सन् १९७० देखि कुनै पनि विश्वकपमा बाहिर रहेको छैन यसअघिको उपविजेता अर्जेन्टिना गएको बिहाबार भएको खेलमा पेरुसँग गोलरहित बराबरी रोकिएर अर्जेन्टिना थप समस्यामा परेको हो

दक्षिण अमेरिकी क्षेत्रबाट अहिलेसम्म ब्राजिलले मात्र विश्वकपमा स्थान सुरक्षित गरेको १० राष्ट्र सहभागी यो क्षेत्रबाट चार टिमले सोझै विश्वकपमा स्थान बनाउने  पाँचौ स्थानमा अन्त्य गर्ने टिमले प्ले अफ मार्फत छनोट हुने सम्भावना बोक्नेछ 

यस क्षेत्रबाट ब्राजिलसँगै उरुग्वेले विश्वकपमा केही हदसम्म यात्रा सुरक्षित गर्दा चिली, कोलम्बिया, पेरु, अर्जेन्टिना पाराग्वेको विश्वकपमा पुग्ने उत्तिकै सम्भावना यि टिमबीच मात्रै दुई अंकको फरक यस्तोमा बुधबार बिहान १० टोलीले अन्तिम छनोट खेल खेल्दैछ ब्राजिलले चिली, पाराग्वेले भेनेजुएला, पेरुले कोलम्बिया, उरुग्वेले बोलिभिया तथा इक्वेडरले अर्जेन्टिनाको सामना गर्दैछ

क्षिण अमेरिकी क्षेत्रबाट पाँचौं स्थानमा रहने टोलीले प्लेअफ खेल्न पाउनेछ एक खेल बाँकी हुँदा अर्जेन्टिना भने छैटौं स्थानमा अर्जेन्टिनाले कम्तिमा पाँचौं स्थानमा रहनका लागि इक्वेडरसँगको अन्तिम खेल अनिवार्य जित्नुपर्छ यो खेल जित्दै पाँचौ स्थानमा अन्त्य गरेमा उसले विश्वकपमा स्थान बनाउनका लागि न्युजिल्याण्डसँग दुई लेगको प्लेअफ खेल्नु पर्नेछ

त्यस्तै चौथो र पाँचौ स्थानका रहेका पेरू र कोलम्बियाविच बराबरीको नतिजा आएमा अर्जेन्टिनाले जितेमा चौथो स्थानमा रहँदै सोझै विश्वकपमा स्थान बनाउने छ । त्यस्तै चिलीले ब्राजिलसँग अंक गुमाउँदा पनि अर्जेन्टिनालाई फाइदा रहनेछ ।

पाँचौं स्थानमा रहेको पेरुले चौथौ स्थानको कोलम्बियासँगको अन्तिम खेलमा बराबरी गरेमा अर्जेन्टिनाले इक्वेडरलाई हराउन नसकेमा लियोनेल मेस्सीको अर्जेन्टिना विश्वकपबाट बाहिरिने । तर गणितीय सम्भावनालाई आधार मान्ने हो भने अर्जेन्टिनाको तेस्रो हुनसक्ने सम्भावना पनि जीवित छ । त्यसकोलागि अर्जेन्टिनाले खेल जित्नु पर्ने छ भने अन्य खेलमा चिलीले अंक गुमाउनु पर्ने छ भने पेरु र कोलम्बियाको खेल बराबरीमा सकिनु पर्नेछ ।  

यस्तोमा जर्ज साम्पाओलीको अर्जेन्टिना निश्चित जितको लक्ष्यसहित सोमबार इक्वेडर पुगेको अर्जेन्टिनाले इक्वेडरको घरेलु मैदानमा १६ वर्ष यता जित हात पार्न सकेको छैन त्यसक्रममा अर्जेन्टिनाले इक्वेडरसँग तीन खेलमा प्रतिस्पर्धा गरेका थिए इक्वेडर भने छनोटबाट बाहिरिसकेको

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.