8 years ago
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ताजकिस्तानसँगको खेलकालागि नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नँया परिक्षण गरेका छन् । यसअघिको नेपालमा भएको खेलमा नवयुग श्रेष्ठ र भरत खवासलाई अग्रपङ्क्ति सम्हाल्ने अवसर दिएका कोजीले यसपटक विमल घर्ती मगर , जर्ज प्रिन्स कार्की र भरत खवासलाई एक साथ मौका दिएका छन् ।
प्रशिक्षक कोजीले तीन सेन्टर ब्याकलाई सुरुआत गराएका छन् । अनन्त तमाङ्ग , देवेन्द्र तमाङ्ग र आदित्य चौधरीले नेपाली टोलीको रक्षापङ्क्ति सम्हाल्ने छन् । विशाल राई , रोहित चन्द , अन्जन विष्ट र सुजल श्रेष्ठलाई मिडफिल्डमा उतारेका कोजीले ३-४-३ को फर्मेसन अपनाउने छन् ।
त्यस्तै नियमित कप्तान विराज महर्जन सुरुआत नगर्दा भरतले कप्तानीको जिम्मेवारी पाएका छन् ।
नेपाली सुरुआती ११ : किरण (गोल किपर), अनन्त , देवेन्द्र , आदित्य , रोहित , विशाल , अन्जन , सुजल , विमल, जर्ज प्रिन्स , भरत
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]