8 years ago
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाली टोली पहिलो हाफको अन्त्यमा १ गोलले पछि परेको छ । गोलकिपर किरणले उत्कृष्ट प्रदर्शन गरेपनि पेनाल्टी मार्फत घरेलु टोलीले खेलमा अग्रता लिएको हो ।
घरेलु टोली ताजकिस्तान पहिलो हाफको सुरुआतदेखि आक्रामक देखियो । खेलको पहिलो मिनेटदेखि नेपाली टोलीका डिफेन्डर व्यस्त देखिए । पहिलो मिनेटमा अनन्त तामाङ्गले डि बक्सबाट क्लियर गर्दै ताजकिस्तानको आक्रमण रोकेका थिए ।
हाल माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबमा व्यवसायिक फुटबल खेल्दै आएका गोलकिपर किरण कुमार लिम्बुले खेलको सुरुआती १० मिनेट भित्र दुई उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिनबाट रोके । चौथो मिनेटमा अलिएभ जाहाङ्गिरको हेड मार्फतको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरेका थिए , रिबाउन्डमा भासिएभले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन । आठौँ मिनेटमा किरणले अन्मार्क्ड रहेका जालिलोभको बक्स भित्रबाटको कडा प्रहारलाई दाँया तर्फ डाइभ गर्दै बचाएका थिए । त्यसको लगतै ९ औं मिनेटमा ताजकिस्तानका जाहाङ्गिरको १८ यार्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
दबाबमा सुरुआत गरेको नेपाली टोलीले १४ औं मिनेटमा गोल गर्ने अवसर पाएपनि विमल घर्ती मगरको हेडर बाहिरिएको थियो । सुजल श्रेष्ठले लेफ्ट विङ्गबाट गरेको क्रसमा विमलले हेड राम्रोसङ्ग लागेन ।
ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो । अनन्तले ताजकिस्तानको क्रस ब्लक गर्ने क्रममा विवादास्पद पेनाल्टी पाएको ताजकिस्तानका कप्तान ड्याभरोनोभको राम्रो प्रहारमा गोल गर्दै अग्रता लियो । किरणले सही दिशा तर्फ डाइभ गरेपनि ड्याभरोनोभको शक्तिशाली प्रहारले किरणलाई बिट गरेको थियो ।
पहिलो हाफको अन्तिम समयतिर अन्जनले सुरु गरेको काउन्टर एट्याकमा विमलले पुनः अन्जनलाई दिएको पासमा अन्जनको बक्स भित्रबाटको प्रहार आकाशिएको थियो ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]