8 years ago
October 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप् अन्तर्गतको छनोट चरणको खेलमा नेपाल ताजकिस्तानसँग ३-० ले पराजित भएको छ । नेपालको चौथो खेलमा तेस्रो पराजय हो ।
घरेलु टोली ताजकिस्तानले तीन पेनाल्टी पाएको थियो । पहिलो हाफमा अनन्तको ह्याण्डबलमा पेनाल्टीमा गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा अनन्तको फलमा अर्को पेनाल्टी पाएको थियो । दोस्रो हाफमा आदित्यले फल गरेपछि ताजकिस्तानले अर्को पेनाल्टी पाएको थियो ।
गोलकिपर किरण कुमार लिम्बुले खेलको सुरुआती १० मिनेट भित्र दुई उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई अग्रता लिनबाट रोके । चौथो मिनेटमा अलिएभ जाहाङ्गिरको हेड मार्फतको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरेका थिए , रिबाउन्डमा भासिएभले राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन । आठौँ मिनेटमा किरणले अन्मार्क्ड रहेका जालिलोभको बक्स भित्रबाटको कडा प्रहारलाई दाँया तर्फ डाइभ गर्दै बचाएका थिए । त्यसको लगतै ९ औं मिनेटमा ताजकिस्तानका जाहाङ्गिरको १८ यार्डको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
ताजकिस्तानले २० औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता लियो । अनन्तले ताजकिस्तानको क्रस ब्लक गर्ने क्रममा विवादास्पद पेनाल्टी पाएको ताजकिस्तानका कप्तान ड्याभरोनोभको राम्रो प्रहारमा गोल गर्दै अग्रता लियो । किरणले सही दिशा तर्फ डाइभ गरेपनि ड्याभरोनोभको शक्तिशाली प्रहारले किरणलाई बिट गरेको थियो ।
दोस्रो हाफमा अन्जन विष्टले प्रहार गरेको कर्नरमा विमलको हेड मार्फतको प्रहारलाई ताजिक गोलकिपर अबुवाजिजले रोकेका थिए ।ताजकिस्तानले ६० औं मिनेटमा दोस्रो गोल गरेको थियो । अनन्तले फल गरेपछि ताजकिस्तानले दोस्रो पेनाल्टी पाएको थियो जसमा उमरबोएभले गोल गरेका थिए ।
किरणले ६७ मिनेटमा अर्को उत्कृष्ट बचाउ गर्दै थप गोल गर्न रोकेपनि ८७ औं मिनेटमा ताजकिस्तानले पेनाल्टी मार्फत अर्को गोल गर्यो । आदित्यले फल गरेपछि पाएको पेनाल्टीलाई जालिलोभले गोलमा परिणत गरेका थिए ।
चार खेलमा १ अंक सहित नेपाल समूहको पुछारमा छ भने ताजकिस्तान ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लेको छ । ताजकिस्तानले दुवै जित नेपाल विरुद्ध निकालेको हो । आज अर्को खेलमा फिलिपिन्स र यमन भिड्दै छन् ।
नेपालले बाँकी दुई खेलमा नोवेम्बेर १४ मा फिलिपिन्सलाई घरेलु मैदानमा निम्त्याउने छ भने २०१८ को मार्च २७ मा यमनको सामना गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]