default_image

8 years ago

October 10, 2017

भुटानमाथि प्यालेस्टाइनको फराकिलो जित

81 views

0 Bookmark

हेब्रोन (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘डी’ को  खेलमा भुटानले प्यालेस्टाइनसँग १०-० को हार बेहोरेको छ । यसअघि घरेलु मैदानमा भुटान प्यालेस्टाइनसँग   २-०  ले पराजित भएको थियो । छनोट अन्तर्गत चार खेलमा भुटानको चौथो हार हो ।

एकपक्षीय खेलमा प्यालेस्टाइनका लागि अब्देलतिफ बधरीले ह्याट्रिक प्रहार गरे भने जोनाथन कान्टीलानाले दुइ गोल प्रहार गरे । त्यस्तै अब्दल्ला गाबेर , तामेर सेयाम , समेह मराबा , खालेद सलिम र मोहम्मद नाटोरले पनि गोल गरे ।

यसै समूहको अर्को खेलमा दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले ओमानको सामना गर्दैछ ।

अफघानिस्तानले जोर्डनलाई बराबरीमा रोक्यो

समूह सी को खेलमा घरेलु टोली अफघानिस्तानले बलियो जोर्डनसँग ३-३ को बराबरी गरेको छ । अफघानिस्तानले खेलमा दुई पटक अग्रता गुमाएको थियो । खेलको १५ औं मिनेटमा अमिरुद्दीन शरिफीको गोलमा अफघानिस्तानले अग्रता लिएको थियो भने मोन्थर अबु अमाराले ४० औं मिनेटमा बराबरी गोल गरेका थिए । जोर्डनका ओडाइ अल-साइफीले ४३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जोर्डनले ६४ औं र ८० औं मिनेटमा गोल खादै खेलमा पछि परेको थियो । हरुन फकुरुद्दीनको गोलमा बराबरी गरेपछि खैबार अमानीले अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन नसक्दा अफघानिस्तानले जित्ने अवसर गुमायो ।

अफघानिस्तान ४ खेलमा २ अंक सहित समूहको पुछारमा छ भने जोर्डन ८ अंक सहित शिर्षस्थानमा छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.