8 years ago
October 11, 2017
आर्मस्टडम (एजेन्सी) – डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
सन्यासको घोषणा सँगै विङ्गर रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन ।’ सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उपयुक्त समय हो । मैले जितसहित आफ्नो अन्तर्राष्ट्रिय करियरलाई गुडबाई गरेको छु ।’ ३३ वर्षीय रोवेनले मंगलबार राति विश्वकप छनोटको अन्तिम खेलमा उनकै दुई गोल मद्दतमा नेदरल्याण्डले स्वीडेनलाई २–० ले पराजित गरेपनि पनि नेदरल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको थियो ।
रोवेनको १४ वर्षे अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय खेल जीवन उतारचढावपूर्ण बनेको थियो । रोवेनले ९६ अन्तर्राष्ट्रिय खेलबाट ३७ गोल गरेका छन् भने २९ गोलको लागि सहायता गरेका छन् । रोवेनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् ।,
रोवेनकै उच्च प्रदर्शनमा नेदरल्याण्ड सन् २०१० को विश्वकपमा फाइनलसम्म पुग्न सफल भएको थियो । त्यतिबेला नेदरल्याण्ड स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]