default_image

8 years ago

October 12, 2017

मकाउमाथि शानदार जितसँगै भारत एसियन कपमा छनोट

128 views

0 Bookmark

बैंगलोर (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ ले हराएको हो ।

Sunil Chhetri

भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई बराबरी दिएका थिए । त्यो मकाउको प्रतियोगितामा पहिलो गोल हो ।

भारतले दोस्रो हाफको ६० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई पुन: अग्रतामा फर्काए भने लाम सेङ्गको आत्मघाती गोलले भारतले ७० औं मिनेटमा अग्रता बलियो बनायो । जेजेले खेलको इन्जुरी समयमा गोल गर्दै भारतको जित सहज बनाएका थिए ।

२०११ मा अघिल्लो पटक एसियन कपमा एएफसी च्यालेन्ज कपको विजेता रुपमा भाग लिएको भारतको चौथौ सहभागिता हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.