default_image

10 years ago

December 14, 2015

साफका लागि नेपाली टोली तय, औपचारिक घोषणा आज हुने

185 views

0 Bookmark

डिसेम्बर २३ देखि भारतमा सुरु हुने साफ च्याम्पियनशिपका लागि सहभागी हुने नेपाली टोली पक्का भएको छ|

Nepal Football Head COach Patrick Aussems

साफका लागि तयारीका रुपमा मंगलबार बंगालादेश प्रस्थान गर्ने टोलीका २० खेलाडीको नाम प्रशिक्षक ओजेम्सले हिजो प्रशिक्षण पश्चात भनेका हुन्| २७ जना बाँकी भएको अवस्थामा तिन खेलाडी चोटका कारण यसअघीनै बाहिरिएका थिए| भारत खवास, शिव श्रेष्ठ र देवेन्द्र तामांग चोटका कारण छनोट अगावै निस्किए|

हिजो भएको छनोटमा साफमा भाग लिने २० खेलाडीको नाम घोषणा गरिएको थियो| डिफेन्डर अजित भण्डारी, मिडफिल्डर राजेन्द्र रावल, विंगर टंक बस्नेत र फरवार्ड कर्ण लिम्बु टोलीमा पर्न सकेनन| एन्फाले आज दिउसो एक बजे औपचारिक रुपमा टोलीको घोषणा गर्ने कार्यक्रम रहेको छ|

सम्भावित टोली:

गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, अमृत चौधरी

डिफेन्डर: रञ्‍जित धिमाल, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन

मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा

फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.