8 years ago
October 18, 2017
मेरिबोर (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब लिभरपुलले बेलिजियमको मेरिबोरलाई ७-० ले पराजित गरेको छ । लिभरपुलका लागि मोहम्मद सालाह र रोबर्टो फिर्मिनोले दुई गोल गरेका थिए ।
खेलको सुरुवातमै सालाहको पास सदुपयोग गर्दै फिर्मिनोले लिभरपुललाई अग्रता दिलाएका थिए । तेर्हौँ मिनेटमा फिलिप कौटिन्होले बक्स बाहिरबाट गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा सालाहले अरु दुई गोल गर्दै स्कोर ४-० बनाएका थिए ।
दोस्रो हाफमा लिभरपुल थप तीन गोल गर्न सफल रह्यो । कौटिन्होको फ्रिकिकमा फिर्मिनोले हेडर गर्दै आफ्नो दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको अन्तिमतिर परिवर्तित खेलाडि एलेक्स अक्स्लेड-चेम्बरलेन र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको शान्दार जित सुनिश्चित गरे ।
यस जितसँगै लिभरपुल ३ खेलमा ५ अंक बटुल्दै समूह ईको शीर्ष स्थानमा रहेको छ । समूह को अन्य खेलमा स्पार्टाक मस्कोले सेभिल्लालाई ५-१ ले हराएको थियो । मस्कोको पनि ५ अंक रहे तापनि गोल अन्तरका आधारमा लिभरपुल अग्रस्थानमा छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]