default_image

8 years ago

October 18, 2017

एन्डरलेक्टले पिएसजीको गोल वर्षा रोक्न सक्ला ?

115 views

0 Bookmark

एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले बेल्जियमको क्लब एन्डरलेक्टसँग भिड्दै छ । एन्डरलेक्टको घरेलु मैदानमा खेलिने सो खेल आज राति नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ ।

घरेलु लिगमा अपराजित पिएसजीले यस साता डिजोनलाई २-१ ले हराएको थियो । आजको खेलमा उसका लागि एडिन्सन काभानी, मार्को भेराट्टि र थियागो सिल्भा लगायत खेलाडिहरु फर्किँदै छन् । राष्ट्रिय टोलीबाट ढिला फर्किएकाले उनीहरुलाई खेलमा विश्राम दिइएको थियो ।

आफ्नो घरेलु लिगमा १० खेलमा १८ अंक जोड्दै एन्डरलेक्टले भने सामान्य सुरुवात गरेको छ । त्यस्तै एन्डरलेक्टका डिफेन्डर स्भेन कम्स एक खेल प्रतिबन्ध पछि टोलीमा फर्किँदै छन् त एन्डि नाजार र उरोस स्पाजिच भने लामो समयदेखि घाइते नै रहेका छन् ।

घरेलु टोलीले समूह चरणमा कुल ६ गोल खाँदै दुवै खेल हारेको छ भने अर्को तर्फ कुल ८ गोल गर्दै पिएसजीले आफ्ना दुवै खेल फराकिलो अन्तरले जितेको छ । समूहको अघिल्लो खेलमा पिएसजीले बायर्न म्युनिखलाई ३-० ले पनि हराएको थियो ।

यस खेलमा एन्डरलेक्टको घरलु समर्थन बाहेक अरु खासै बलियो पक्ष केही देखिँदैन । पिएसजी भने यस सिजन कमजोर प्रतिद्वन्दिमाथि निकै हावी देखिएको छ । त्यसैले उसलाई यो खेल काभानी, नेयमार र बाप्पे सम्मिलित आफ्नो आक्रमण पंक्तिको बलियो उदाहरण देखाउने एउटा अवसर पनि हुने छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.