8 years ago
October 18, 2017
लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ए अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर युनाटेड पोर्चुगेली क्लब बेन्फिकाको सामना गर्दै छ ।बेन्फिकाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका लागि पल पोग्बा, मरोएने फेलाइनी र एरिक बाई घाइते रहेका छन् भने युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले डिफेन्डर फिल जोन्स र एन्टोनियो भ्यालेन्सियालाई यस खेलमा विश्राम दिने देखिन्छ ।
त्यस्तै बेन्फिका प्रतिबन्धित आन्द्रे अल्मेडा र चोटिल रहेका जुलियो सेजार र जोनास बिनै मैदानमा उत्रिने छन् । युनाइटेडले समूह चरणको दुवै खेल जितेको छ भने बेन्फिका अंकविहिन रहेको छ ।
त्यस्तै अर्को इङ्ग्लिस टोली चेल्सी घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा इटालियन क्लब रोमाको सामना गर्दै छ । चेल्सीका एन्गोलो कान्टे घाइते रहेका छन् भने स्ट्राइकर एल्भारो मोराटाको चोटपछि टोलीमा फर्किने सम्भावना रहेको छ ।
नेपाली समय अनुसार आजका अन्य च्याम्पियन्स लिगका खेलहरुको तालिका:
काराबाग विरुद्ध एट्लेटिको म्याड्रिड – १२.३० बजे
मस्को विरुद्ध बासेल – १२.३० बजे
बायर्न म्युनिख विरुद्ध सेल्टिक- १२.३० बजे
युभेन्टस विरुद्ध स्पोर्टिङ सिपी – १२.३० बजे
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]