नेपाल राष्ट्रिय फुटबल टोलीले आगमी सेप्टेम्बरमा जापानको पहिलो डिभिजनको खेलाडिहरु सँग मैत्रीपूर्ण खेल खेल्ने कुरा अखिल नेपाल फुटबल संघले आफ्नो आधिकारीक वेबसाइटमा जनाएको छ ।
उक्त खेल नेपालको दशरथ रङगशालामा खेलिने जनाइएको छ भने उक्त खेलको आम्दनी भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ मा जुटाइने छ ।
अखिल नेपाल फुटबल संघ र एनपिओ कलरबाथ, जापान बिचको समझौता ज्ञापन पत्र अनुसार खेलाडीको उपलब्धता अनुसार हाल र पहिलेका जे-लिगका खेलाडी र नेपाली खेलाडी बिच हुने छ ।