8 years ago
October 19, 2017
बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगमा गए राति बार्सिलोनाले ओलम्पियाकोसलाई ३-१ को अन्तरले हराएको छ । घरेलु टोलीको जितमा लियोनल मेस्सीले युरोपमा आफ्नो १०० औं गोल पनि पुरा गरे ।
बार्सिलोनाले खेलको १९ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । जेरार्ड डेउलेफेउको पासमा ओलम्पियाकोसका खेलाडी डिमिट्रिस निकोलुले आत्मघाती गोल गर्दा स्कोर १-० भएको थियो । त्यस्तै बार्सिलोना पहिलो हाफमै १० खेलाडिमा सीमित हुन पुगेको थियो ।
पहिलो हाफको अन्तिमतिर ह्यान्डबल गर्दै गोल गरेका कारण जेरार्ड पिकेलाइ खेलको दोस्रो पहेलो कार्ड देखाइएको थियो । दश खेलाडीमा सीमित भए बावजुद दोस्रो हाफमा बार्सिलोना थप दुई गोल गर्न सफल रह्यो ।
फ्रिकिकबाट सिधै गोल गर्दै मेस्सीले युरोपियन खेलहरुमा आफ्नो १०० गोल पुर गरे । मेस्सी हाल आफ्ना प्रतिद्वन्दि क्रिस्टियानो रोनाल्डोभन्दा १३ गोलले पछाडी रहेका छन् । त्यसैगरी मेस्सीले तीन मिनेटपछि नै लुकास डिग्नेका लागि हेडर सिर्जना गरेपछि बार्सिलोनाले तीन गोलको अग्रता लिएको हो ।
खेलको अन्तिम समयतिर भने ओलम्पियाकोसले निकोलुमार्फत एक सान्तवना गोल हात पारेको थियो । यस जितसँगै बार्सिलोना ९ अंकसहित समूह डिको शीर्ष स्थानमा रहेको छ भने ओलम्पियाकोस जितविहीन र अंकविहीन रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]