default_image

8 years ago

October 19, 2017

युनाइटेड विजयी, चेल्सी र रोमाको रोमञ्चक बराबरी

141 views

0 Bookmark

लण्डन (एजेन्सी) – च्याम्पियन्स लिग समूह सी अन्तर्गत इङ्ग्लिस टोली चेल्सीले घरेलु मैदानमा इटालियन क्लब रोमासँग ३-३ को बराबरी खेलेको छ । चेल्सीका लागि एडेन हाजार्डले दुई गोल गरे भने पूर्व म्यानचेस्टर सिटीका खेलाडि एडिन जेकोले रोमाका लागि दुई गोल गरेका थिए ।

चेल्सीले डेभिड लुइज र हाजार्डको गोलमार्फत खेलको ३७ औं मिनेटसम्म २-० को अग्रता लिइरहेको थियो । तर अर्का पूर्व सिटीका खेलाडि एलेक्जान्डर कोलारभको सुन्दर एकल गोल र जेकोको दोस्रो हाफका दुई गोलमार्फत रोमाले ३-२ को अग्रता लिन सफल भएको थियो ।

तर चोटबाट भर्खरै फर्केका हाजार्डले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीका लागि १ अंक सुरक्षित गरे । चेल्सी सात अंकसहित समूह ‘सी’को पहिलो स्थानमा छ भने रोमाले ५ अंकसहित दोस्रो स्थान ओगटेको छ ।

अर्को इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडले समूह एमा बेन्फिकालाई १-० ले हराएको छ । रक्षात्मक खेल पस्केको म्यानचेस्टर युनाइटेडका लागि बेन्फिका विरुद्ध ३ अंक जोड्न मार्कोस रासफोर्डको ६४ औं मिनेटको गोल पर्याप्त भएको थियो ।

रासफोर्डले लामो दुरीबाट प्रहार गरेका फ्रिकिक बेन्फिकाका युवा गोलकिपर मिले स्भिलारले बचाउने कुनै मौकै पाएनन् । जितसँगै युनाइटेडको ३ खेलमा ९ अंक रहेको छ भने बेन्फिका अंक विहीन रहेको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.