default_image

8 years ago

October 19, 2017

पिएसजीको जितमा फेरी बाप्पे, काभानी र नेयमारको गोल

88 views

0 Bookmark

एन्डरलेक्ट (एजेन्सी) – च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शतप्रतिशत नतिजा राख्दै समूह बिमा एन्डरलेक्टलाई ४-० ले हराएको छ । पिएसजीका लागी किलियन बाप्पे, एडिन्सन काभानी, नेयमार र एन्जल डि मारियाले गोल गरेका थिए ।

पिएसजीले खेलको तेस्रो मिनेटमै किलियन बाप्पेको प्रहारमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट रहँदा पिएसजीका सिजनका सर्वाधिक गोलकर्ता एडिन्सन काभानीले बाप्पेकै पासमा सरल हेडिङ गोल गरेका थिए ।

दोस्रो हाफमा पनि पिएसजीले थप दुई गोल गर्‍यो । ६६ औँ मिनेटमा पाएको फ्रिकिकलाई डि-बक्स बाहिरबाट नेयमारले चलाखीपूर्ण गोल गरेका थिए । त्यस्तै परिवर्तित खेलाडि एन्जल डि मारियाले खेलको अन्तिमतिर गोल गर्दै पिएसजीको शान्दार जित सुनिश्चित गरेका थिए ।

समूह बिमा पिएसजीको ९ अंक रहेको छ भने एन्डरलेक्टले एक अंक पनि जोड्न सकेको छैन । यस प्रदर्शनसँगै पिएसजीको यस सिजन सबै प्रतियोगिताहरुको १३ खेलमा १२ जितसहित ४३ गोल रहेको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.