8 years ago
October 19, 2017
बेल्ग्रेड (एजेन्सी) – इङ्ग्लिस टोली आर्सनलले युरोपा लिगको समूह एचमा आज रेड स्टार बेल्ग्रेड (सर्भेना ज्भेजडा) को सामना गर्दै छ । रेड स्टार बेल्ग्रेडको घरेलु मैदानमा खेलिने सो खेल आज राति १०.४५ बजे सुरु हुने छ ।
आर्सनलका लागि लोरेन्ट कोसियल्नी र ड्यानि वेल्बेक चोटिल रहेकाले नखेल्ने सम्भावना रहेको छ । त्यस्तै डिफेन्डर स्कोड्रान मुस्ताफि भने घाइते रहेका छन् । युरोपा लिगका पछिल्ला खेलहरुझैँ आर्सनलले यस बेला पनि थुप्रै परिवर्तन गर्ने देखिन्छ ।
बेल्ग्रेडका लागि पहिलो रोजाईका गोलकिपर मिलन बोर्जान घाइते रहेका छन् । त्यस्तै मिलन रोडिच, ब्रान्को जोभिसिच र भुजाडिन साभिच भने चोटका कारण खेलमा सहभागी हुने छैनन् ।
समूह एचमा दुई खेल खेल्दै आर्सनलको ६ अंक रहेको छ भने बेल्ग्रेडको ४ अंक रहेको छ । यी दुई क्लब बीच कुनै पनि प्रतियोगितामा यो पहिलो भेट हुने छ ।
त्यस्तै आज रातिका अन्य खेलहरुको तालिका यस प्रकारको रहेको छ ।
आस्टाना विरुद्ध माकाबि तेल अभिभ – ८.४५ बजे
भिल्लारियल विरुद्ध स्लाभिया प्राग – १२.५० बजे
डायनामो कियभ विरुद्ध योङ बोयज – १२.५० बजे
स्केन्डरबेउ विरुद्ध पार्टिजान बेल्ग्रेड – १२.५० बजे
होफनह्याम विरुद्ध इस्तानबुल बासाकसेहिर – १२.५० बजे
ब्रागा विरुद्ध लुडोगोरेट्स राजग्राड – १२.५० बजे
अष्ट्रिया वेन विरुद्ध रिजेका – १२.५० बजे
एसि मिलान विरुद्ध एइके एथेन्स – १२.५० बजे
एभरटन विरुद्ध लियोन – १२.५० बजे
एटलान्ट विरुद्ध एपोल्लोन लिमास्सोल – १२.५० बजे
ज्लिन विरुद्ध कोपनहेगन – १२.५० बजे
सेरिफ विरुद्ध लोकोमोटिभ मस्को – १२.५० बजे
हापोएल बियर सेभा विरुद्ध एफसिएसबि – १०.४५ बजे
लुगानो विरुद्ध भिक्टोरिया प्लेजन – १०.४५ बजे
बेट बोरिसोभ विरुद्ध कोलोन – १०.४५ बजे
मार्से विरुद्ध भिटोरिया डे गुइमारेस – १०.४५ बजे
कोन्यास्पोर विरुद्ध साल्जबर्ग – १०.४५ बजे
ओस्टरसन्ड्स विरुद्ध एथ्लेटिक बिल्बाओ – १०.४५ बजे
जोर्या विरुद्ध हेर्था बर्लिन – १०.४५ बजे
जुल्टे वारेगेम विरुद्ध भिटेस – १०.४५ बजे
निस विरुद्ध लाजियो – १०.४५ बजे
भार्दार स्कोप्ये विरुद्ध रियल सोसिएडाड – १०.४५ बजे
जेनिट सेन्ट पिटर्सबर्ग विरुद्ध रोजेनबर्ग – १०.४५ बजे
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]