8 years ago
October 20, 2017
म्यानचेष्टर (एजेन्सी)– म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले ज्लाटान इब्राहिमोभिच यो वर्षको अन्त्यअघि नै मैदान फर्कने विश्वास गरेका छन् । चोटमुक्त हुने प्रयासमा रहेका इब्राहिमोभिचले यो साता बलका साथ सामान्य अभ्यास थालेका छन् ।
इब्राहिमोचिले डिसेम्बरको सुरुआत सम्म आफु फर्कने विश्वास गरेका थिए । तर, माउरिन्होले भने उनी जनवरीको अगाडि मैदान फर्कने विश्वास व्यक्त गरेका छन् । अप्रिलमा एन्डरलेकविरुद्ध युरोपा लिग खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । चोटग्रस्त अवस्थामै युनाइटेडसँग उनले पुनः यो सिजनका लागि सम्झौता गरेका थिए ।
‘ज्लाटान फर्कनेछन् । उनले यहाँ चोटमुक्त हुनका लागि प्रयास गरिरहेका छन् । आशा गरे अनुरुप नै सबै चिज अघि बढेको छ’, माउरिन्होले भने, ‘अर्को साता वा अझै केही साता उनी फर्कने छैनन् । उनलाइ अझै केही समय दिनुपर्दछ । मलाई यो पनि विश्वास छ की उनी सन् २०१७ भित्रै मैदान फर्कनेछन् ।’
स्वीडेनका स्ट्राइकर इब्राहिभोभिचले गत सिजन युनाइटेडबाट ४६ खेलमा २८ गोल गरेका थिए । युरोपा लिगको उपाधि इब्राहिमोभिचको खेल जीवनको ३३ औं महत्वपूर्ण उपाधि हो । स्वीडेनका पूर्व कप्तान समेत रहेका उनले सन् २००१ मा आयक्सबाट खेल जीवनको सुरुआत गरेका थिए । त्यसयता उनी कुनै सिजन उपाधि विहिन हुन परेको छैन ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]