8 years ago
October 20, 2017
म्याड्रिड (एजेन्सी)– नेयमारले टोलीका अन्य खेलाडीलाई बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेको लियोन मेस्सीको विवाहका दौरान नै जानकारी दिएको क्लब र स्पेनका पूर्व खेलाडी जाभीले खुलासा गरेका छन् ।
चार वर्ष सफलतापूर्वक बार्सिलोनामा बिताएका नेयमार यहि सिजन कीर्तिमानी २ सय २२ मिलियन युरोमा फ्रान्सेली क्लब पिएसजीमा आबद्ध भएका थिए । नेयमारको निर्णयबाट अरु जस्तै आफुपनि आश्चार्यमा परेको उल्लेख गर्दै जाभीले विस्तारमा सबै सुनेको बताएका छन् ।
बिबिसीलाई दिएको अन्तवार्तामा जाभीले उनीहरुबीच मेस्सीको विवाह समारोहमा भाग लिदा कुराकानी भएको जनाएका छन् । ‘मेस्सीको विवाहमा उनले क्लब फेर्न चाहेको हामीलाई भने,’ जाभीले भने, ‘तर किन छाड्ने लागेको भनेर मैले सोधे । उनले बार्सिलोनामा आफु खुसी हुन नसकेको । नयाँ अनुभवका लागि पिएसजी जान लागेको बताए । अन्तमा उनले निर्णय लिए , त्यसको हामीले सम्मान गर्नुपर्दछ ।’
जाभीले नेयमार, केलियन बाप्पे र इन्डिसन काभानीको प्रभावशाली साझेदारीका कारण पिएसजीले यो सिजन च्याम्पियन्स लिग उपाधिको मुख्य दाबेदार मध्येको एक रहेको बताए । उनले भने,’मलाई लाग्छ नेयमारले बाप्पेको साथमा पिएसजीले यो सिजन च्याम्पियन्स लिग जित्ने सम्भावना छ ।’
यो सिजन क्लबका ७ खेलमा नेयमारले ११ गोलका लागि भूमिका निर्वाह गरिसकेका छन् । उनले ६ गोल आफै गरेका थिए भने ५ गोलका लागि एसिस्ट गरेका थिए । त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले ३ खेलमा ३ गोल गरेका छन् । जसमध्ये यो साता एन्डरलेकविरुद्ध फ्रिकिकमार्फतको गोल पनि सामेल छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]