default_image

8 years ago

October 21, 2017

अगुइरो बनर्लीविरुद्ध खेल्नका लागि तयार

166 views

0 Bookmark

म्यानचेष्टर (एजेन्सी)– म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो पूर्ण रुपमा फिटपछि शनिबार प्रिमियर लिगमा बनर्लीविरुद्ध खेल्ने भएका छन् । गत महिना आम्सरड्याममा कार दुर्घटनामा परेका अगुइरोको करङ हड्डी भाच्चिएको बताइएको थियो ।

चेल्सीसँगको खेलको एक दिन अघि अगुइरो दुर्घटनामा परेका थिए । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले शुक्रबार प्रि म्याच कन्फ्रेन्समा अगुइरो शनिबार खेल्ने बताएका थिए । ८ खेलमा २२ अंकसहित सिटी अंक तालिकाको शीर्षस्थानमा रहेको छ ।

उनी नेपोलीसँगको खेलमै सुरुआतका लागि तयार थिए । तर मैले एउटा मात्र अभ्यास सत्र पछि खेलाउन सहि लागेन, ग्वार्डिओलाले भने, स्टोकसँग उनी खेल्न सक्थे तर पूर्ण रुपमा फिट दिएनन् । नेपोलीसँगको खेलमा तयार नै थिए, शनिबारका लागि पनि तयार छन् ।

शहरी प्रतिद्वन्द्वि म्यानचेष्टर युनाइटेडभन्दा २ अंकले अगाडि रहेको सिटीले गत साता स्टोलाई ७–२ ले हराएको थियो । प्रिमियर लिगमा सिटीले यो सिजन २९ गोल गोल गरिसकेको छ । अगुइरो फिट भएपनि भिन्सेन्ट कम्पोनी भने बनर्लीविरुद्ध खेल्नेछन् । चोटग्रस्त कम्पोनी छिट्टै मैदान फर्कने सम्भवाना कम रहेको ग्वार्डिओलाले बताएका छन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.