default_image

8 years ago

October 21, 2017

प्रिमियर लिगमा चेल्सी वाटफोर्डको सामना गर्दै

126 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आज साविक विजेता चेल्सी लयमा रहेको वाटफोर्डको सामना गर्दै छ । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ५.१५ बजे सुरु हुने छ ।

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस विरुद्ध दुई लगातार हार पश्चात चेल्सी आज वाटफोर्डसँग भिड्दै छ । वाटफोर्ड चेल्सीका लागि कुनै सजिलो प्रतिद्वन्दि भने हुने छैन । अघिल्लो खेलमा आर्सनललाई २-१ ले हराएको वाटफोर्ड ८ खेलमा १५ अंकसहित चेल्सीभन्दा एक स्थानमाथि चौथो स्थानमा रहेको छ ।

आफ्ना मुख्य फरवार्ड अल्भारो मोराटा घाइते रहँदा चेल्सीले लगातार दुई हार बेहोरेको थियो । उनी र अर्का स्टार खेलाडी एडेन हाजार्ड फिट हुँदै फर्केकाले चेल्सीका लागि यो राम्रो खबर हुने छ । तर टेमो बाकायोके र एन्गोलो कान्टे लगायत मिडफिल्डर घाइते रहँदा चेल्सीको मिडफिल्ड अलि कमजोर देखिएको छ ।

चेल्सी विरुद्ध पछिल्ला १० मध्ये वाटफोर्डले ८ खेल गुमाए पनि यो सिजन वाटफोर्ड निकै बलियो देखिएको छ । आफ्नो टोलीको लय नबिगार्न वाटफोर्डका प्रशिक्षक मार्को सिल्भाले खासै परिवर्तन नगर्ने देखिन्छ । फरवार्ड लाइनमा भने आन्द्रे ग्रेको ठाउँमा अघिल्लो खेलमा गोल गरेका ट्रोय डिनी खेल्ने सम्भावना धेरै छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.