default_image

8 years ago

October 21, 2017

अपराजित युनाइटेड प्रिमियर लिगमा हडर्सफिल्डसँग भिड्दै

129 views

0 Bookmark

योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड आज हडर्सफिल्डको सामना गर्दै छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ ।

सिजनको आफ्नो पहिलो दुई खेलमा जित हात पारेको हडर्सफिल्ड त्यसपछि भने जितविहीन रहेको छ । अर्को तर्फ बलियो सुरुवातलाई निरन्तरता दिँदै म्यानचेस्टर युनाइटेड आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर सिटीको मात्र पछाडि तालिकाको दोस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर युनाइटेडका लागि डिफेन्डर फिल जोन्स र विङ्गर मार्कोस रासफोर्ड सामान्य चोटिल रहेका छन् । त्यस्तै एरिक बाई, मारोएने फेलाइनी र पल पोग्बा भने लामो समयका लागि घाइते रहेका छन् । मिडफिल्डर हेनरिख मिखितार्यनलाई पनि युनाइटेडले विश्राम दिने सम्भावना रहेको छ ।

घरेलु टोलीका लागि फिलिप बिलिङ, माइकल हेफेल र केसि पाल्मर घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् । हडर्सफिल्ड आफ्ना पछिल्ला ६ मध्ये ५ खेलमा गोल गर्न सकेको छैन । युनाइटेड भने आफ्ना पछिल्ला १० प्रिमियर लिगको खेलमा अपराजित रहेको छ र तीमध्ये केवल एक खेलमा गोल खाएको छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.