default_image

8 years ago

October 21, 2017

अग्रस्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई निम्त्याउँदै

96 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अंक तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटी आज बर्नलीसँग भिड्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुने छ ।

प्रिमियर लिग विश्लेषक मार्क सदर्न्सले यस साता भनेका थिए, “मैले प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर सिटीजस्तो हरेक खेलमा यसरी हावी हुने टोली देखेकै छैन ।” लगातार तीन खेलमा ५ गोल अन्तरको जितपछि अधिकांश विश्लेषकहरुको मत पनि सदर्न्सको जस्तै छ ।

सिटीले लगातार छैठौं जित दर्ता गर्दै यस सिजनका ८ खेलमा २९ गोल गरिसकेको छ र आफ्ना घरेलु खेलहरुमा अझै बढि आक्रामक देखिएको छ । अर्को तर्फ बर्नली पनि पछिल्लो सिजन भन्दा निकै सुधारिएको प्रदर्शन गर्दै आएको छ । ८ खेलमा १३ अंक बटुल्ने क्रममा बर्नली आफ्ना पछिल्ला ६ खेलमा पराजित भएको छैन ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार तीन खेलमा एउटै टोली खेलाएकाले यस खेलमा केहि हेरफेर गर्ने सम्भावना छ । कार दुर्घटनामा घाइते भएका स्टार खेलाडि सर्जियो अगुएरो पनि फिट रहेकाले उनले टोलीमा स्थान पाउने सम्भावना छ । भिन्सेन्ट कम्पनी र बेन्जामिन मेन्डि भने सिटीका लागि घाइते रहेका छन् ।

भ्रमणकारी टोलीका लागि भने गोलकिपर टम हिटन र फरवार्ड जोनाथन वाल्टर्स अझै घाइते छन् । राम्रो लयमा रहेकाले बर्नलीले यस खेलमा खेलाडीहरु खासै हेरफेर नगर्ने देखिन्छ ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.