8 years ago
October 21, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले अन्तिममा रहेको मालागाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।
बार्सिलोनाका लागि डिफेन्डर जोर्डि अल्बा घाइते रहेकाले ओलम्पियाकोस विरुद्ध ३-० को जितमा खेलेका लुकास डिग्ने सुरुवात गर्ने सम्भावना रहेको छ । त्यस्तै अग्रपंक्तिमा लियोनल मेस्सी र लुइस स्वारेजको साथ डेनिस स्वारेज वा जेरार्ड डेउलेफेउले दिने देखिन्छ ।
मालागाले आफ्ना पछिल्ला ९ खेलमध्ये ७ खेलमा गोल समेत गर्न सकेको छैन । यस सिजन आठ खेलमा १ अंक मात्र बटुल्न सफल मालागाका लागि रेसियो रातो कार्ड पाएकाले खेल्न प्रतिबन्धित छन् ।
बार्सिलोना भने आफ्ना पछिल्ला १६ घरेलु खेलहरुमा जित दर्ता गर्दै ती सबैमा कम्तीमा दुई गोल पनि गरेको छ । मालागासँगको पछिल्लो १६ खेलमा बार्सिलोनाले १५ खेल जितेको हुँदा यस खेल पनि घरेलु टोलीले सजिलैले आफ्नो पक्षमा पार्ने देखिन्छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]