default_image

8 years ago

October 21, 2017

वाटफोर्ड विरुद्ध चेल्सीको रोमाञ्चक जित

151 views

0 Bookmark

लण्डन (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता चेल्सीले  घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा वाटफोर्डसँग ४-२ को रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले यस खेलमा २-१ ले पछि परेको अवस्थालाई उल्ट्याँदै सो जित हात पारेको हो ।

पेड्रोले बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै खेलको बाह्रौँ मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । तर वाटफोर्डले पहिलो हाफको अन्तिम मिनेटमा अब्दुलाए डुकुरेको भलिमार्फत खेल बराबरी पारेको थियो ।

त्यस्तै दोस्रो हाफ सुरु भएको ४ मिनेटमै रिचार्लिसनको पासमा रोबेर्टो पेरेराले गोल गर्दै वाटफोर्ड साविक विजेतासँग अग्रता लिन पुगेको थियो । त्यसपछि स्ट्राइकर एल्भारो मोराटाको स्थानमा आएका परिवर्तित खेलाडि मिची ब्याटसुवायीले ७१ औं मिनेटमा गोल गर्दै फेरि चेल्सीलाई खेलमा फर्काएका थिए ।

खेलमा तीन मिनेट बाँकी हुँदा डिफेन्डर सेजार एज्पिलिक्वेटाले हेडरमार्फत स्कोर ३-२ बनाएका थिए भने अन्तिम मिनेटमा ब्याटसुवायीले फेरि गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लेको छ भने वाटफोर्ड पांचौँ स्थानमा झरेको छ । यो जित लिगमा लगातार दुई हार पश्चात चेल्सीको पहिलो जित थियो ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.