8 years ago
October 21, 2017
योर्कशायर (एजेन्सी) – प्रिमियर लिगमा अपराजित रहेको म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग २-१ ले पराजित भएको छ । हडर्सफिल्डको आश्चर्यजनक जितमा आरोन मोए र लरेन्ट डेपोएट्रेले गोल गरेका थिए ।
यस सिजन प्रिमियर लिगको सबैभन्दा सफल डिफेन्स रहेको म्यानचेस्टर युनाइटेडको रक्षापंक्ति केही फितलो देखिएको थियो । त्यसको फाइदा उठाउँदै घरेलु टोली हडर्सफिल्डले पहिलो हाफमै दुई गरेको थियो ।
आरोन मोएले खेलको २८ औँ मिनेटमा बक्स भित्रबाट गरेको प्रहार युनाइटेडका गोलकिपर डेभिड डे गेयाले रोक्ने कुनै मौकै पाएनन् । त्यसको ५ मिनेटमै जोनास लोसलको पासमा डेपोएट्रेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा भने युनाइटेडले एक गोल फर्काएको थियो । ७८ औँ मिनेटमा रोमेलु लुकाकुको क्रसमा मार्कोस रासफोर्डले हेडिङ गोल गर्दै स्कोर २-१ बनाए पनि युनाइटेड खेलबाट अंकविहीन नै फर्किन परेको थियो ।
हारका बावजुद म्यानचेस्टर युनाइटेड अंकतालिकाको दोस्रो स्थानमा यथावत् रहेको छ । हडर्सफिल्ड भने तालिकाको दशौँ स्थानमा उक्लेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]