default_image

8 years ago

October 21, 2017

बर्नलीमाथि जितसँगै म्यानचेस्टर सिटीको अग्रस्थानमा पकड बलियो

123 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नलीसँग ३-० को जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । सिटिका लागि सर्जियो अगुएरो, निकोलस ओटामेन्डि र लेरोय सानेले गोल गरेका थिए ।

बर्नलीका गोलकिपर निक पोपले बर्नार्डो सिल्भालाई लडाउँदा सिटीले २९ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सर्जियो अगुएरोले गोलमा परिणत गर्दै क्लबकै सर्वाधिक गोल रेकर्ड पनि बराबरी बनाएका थिए । पहिलो हाफमा बर्नलीले आफ्ना मुख्य स्ट्राइकर क्रिस वुडलाई चोटका कारण गुमाउन पनि परेको थियो ।

अघिल्ला केहि खेलहरु जस्तो आक्रामक नदेखिए पनि सिटी दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । सानेको कर्नरमा ओटामेन्डिले हेडर गर्दै अग्रता दोब्बर बनाएका थिए भने दोस्रो गोलको दुई मिनेटभित्र ७५ औँ मिनेटमा साने आफैंले गोल गर्दै सिटीका लागि जित सुनिश्चित पारेको थिए ।

यस जितसँगै सिटीको ९ खेलमा २५ अंक रहेको छ । म्यानचेस्टर युनाइटेड हडर्सफिल्डसँग २-१ ले हारेकाले सिटीले दोस्रो स्थानमा रहेको युनाइटेड माथि ५ अंकको अग्रता बनाएको हो ।

प्रिमियर लिगका अन्य खेलहरुको नतिजा:

न्युकासल युनाइटेड १-० क्रिस्टल प्यालेस

स्टोक सिटी १-२ बोर्नमथ

स्वान्सि सिटी १-२ लेस्टर सिटी

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.