default_image

8 years ago

October 22, 2017

रियल म्याड्रिड ला लिगामा एबारको सामना गर्दै

141 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिश ला लिगाको तेस्रो स्थानमा रहेको रियल म्याड्रिड आज खराब लयमा रहेको एबारको सामना गर्दै छ । नेपाली समय अनुसार राती १२.३० बजे सुरु हुने यस खेल रियल म्याड्रिडको घरेलु मैदानमा खेलिने छ ।

रियल बेटिससँगको १-० को हारपश्चात तीन खेल लगातार जित्दै रियल म्याड्रिड राम्रो लयमा देखिएको छ भने आफ्ना पछिल्ला ४ खेलमा जितविहीन रहेको एबार ८ खेलमा सात अंकसहित तालिकाको १६ औँ स्थानमा रहेको छ । मालागासँग २-० ले जित्दै अग्रस्थानमा रहेको बार्सिलोनासँग अन्तर कम गर्न रियल म्याड्रिडलाई यो खेलमा जित्नै पर्ने दबाब पनि रहेको छ ।

रियलका गोलकिपर केलर नाभास चोटका कारण यस खेलमा सहभागी हुने छैनन् र उनको स्थान किको क्यासिल्लाले लिने छन् । डिफेन्डर राफायल भरान पनि चोटपछि यस खेलमा आगमन गर्ने सम्भावन रहेको छ । त्यस्तै ग्यारेथ बेल भने अझै चोटका कारण बाहिरै रहेका छन् ।

एबारका लागि भने इभान रामिस चोटका कारण जनवरीसम्म नफर्किने बताइएको छ र इभान आलेयो पनि घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् । डिफेन्समा खेलाडीहरु घाइते रहेकाले प्रशिक्षक जोसे मेन्डिलिबारले टोलीमा केहि हेरफेर गर्न सक्ने छन् ।

रियल म्याड्रिडले एबारसँग पछिल्ला ७ मध्ये ६ खेल जितेकाले घरेलु टोलीलाई रोक्न एबारलाई चुनौतीपूर्ण हुने देखिन्छ । यस खेल सोनी टेन २ बाट प्रत्यक्ष प्रसारण पनि हुने छ ।

ला लिगाका अन्य खेलहरुको समय तालिका (नेपाली समय अनुसार):

भिल्लारियल विरुद्ध लास पाल्मास – ३.४५ बजे

सेल्टा भिगो विरुद्ध एथ्लेटिको म्याड्रिड – ८ बजे

लेगानेस विरुद्ध एथ्लेटिक बिल्बाओ – १०.१५ बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.