default_image

8 years ago

October 22, 2017

अपराजित पिएसजी लिग १ मा मार्सेको सामना गर्दै

142 views

0 Bookmark

मार्से (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज अंक तालिकाको पहिलोमा रहेको अपराजित पिएसजी (पेरिस सेन्ट जर्मन)ले चौथोमा रहेको मार्सेको सामना गर्दै छ । नेपाली समय अनुसार १२.४५ बजे सुरु हुने यस खेल मार्सेको घरेलु मैदान स्टाडे भेलोड्रोममा खेलिने छ ।

पिएसजीका लागि कप्तान थियागो सिल्भा सामान्य चोटिल रहेका छन् त्यसैले प्रशिक्षक उनाइ एम्रीले उनलाई विश्राम दिने सम्भावना छ । त्यस्तै थोमस म्युनियर र जाभियर पास्टोरे पनि पिएसजीका लागि टोलीमा आगमन गर्ने देखिन्छ ।

अर्को तर्फ ९ खेलमा १७ अंक बटुलेको मार्सेका लागि कोस्टास मिट्रोग्लुको स्थानमा बढि रक्षात्मक रहेका मिडफिल्डर रुडि गार्सिया खेल्ने सम्भावना रहेको छ । त्यस्तै फरवार्डमा क्लिन्टन एन्जे र भालेर जर्मनमध्ये प्रशिक्षक मार्को बियल्साले कुनै एक जनालाई अवसर दिने छन् ।

मार्से आफ्ना अघिल्ला २० मध्ये १८ खेलमा अपराजित रहे पनि बाप्पे, काभानी र नेयमार सम्मिलित पिएसजीको अग्रपंक्तिलाई सम्हाल्न उसलाई अवश्य गाह्रो हुने छ । पिएसजीले मार्सेसँग उसैको मैदानमा खेलिएका पछिल्ला ६ खेलहरुमा सबैमा जित पनि हांसिल गरेको छ ।

आज लिग १ मा खेलिने अन्य खेलहरुको तालिका (नेपाली समय अनुसार):

निस विरुद्ध स्ट्रासबर्ग – ६.४५ बजे

ट्रोएस विरुद्ध लियोन – ८.४५ बजे

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.