8 years ago
October 22, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आर्सनलले एभर्टनमाथि ५-२ को रोमाञ्चक जित दर्ता गरेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्सनलले सो जित दर्ता गरेको हो ।
एभर्टनका वायन रुनीले खेलको बाह्रौँ मिनेटमा गोल गर्दै घरलु टोली एभर्टनलाई अग्रता दिलाएका थिए । आर्सनल विरुद्ध यो रुनीको पन्ध्रौँ गोल थियो । तर नाचो मोनरियालले ४० औं मिनेटमा गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।
दोस्रो हाफमा आर्सनल थप चार गोल गर्न सफल रह्यो । एलेक्सिस सान्चेजको पासमा हेडर गर्दै मेसुट ओजिलले आर्सनललाई ५३ औँ मिनेटमा अग्रता दिलाएका थिए । एभर्टनका मिडफिल्डर इड्रिसा गेले ६८ औँ मिनेटमा दोस्रो पहेलो कार्ड पाएपछि एभर्टन दश खेलाडिमा सीमित भएको थियो र आर्सनल घरलु टोलीसामु अझ आक्रामक देखिएको थियो ।
आर्सनलका लागि आरोन राम्जी र एलेक्जान्डर लाकाजेटले गोल गर्दै स्कोर ४-२ बनाउन सफल भएका थिए । त्यस्तै एभर्टनका लागि इन्जुरी समयको तेस्रो मिनेटमा उमार नियासले थप एक गोल फर्काए तर खेलको अन्तिम मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनलको आकर्षक जित सुनिश्चित गरेका थिए ।
यस जितसँगै आर्सनल अंक तालिकाको पाँचौं स्थानमा उक्लन सफल भएको छ भने एभर्टन तालिकाको १८ औँ स्थानमा झरेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]