default_image

8 years ago

October 23, 2017

ला लिगामा एबार विरुद्ध रियल म्याड्रिडको सहज जित

102 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिडले गए राति स्पेनिश ला लिगामा एबार विरुद्ध ३-० को सहज जित दर्ता गरेको छ । रियलको जितमा मार्को एसेन्सियो र मार्सेलोले गोल गरेका थिए भने अर्को गोल एबारका खेलाडिद्वारा आत्मघाती गोल भएको थियो ।

घरेलु टोली खेलको १८ औं मिनेटमै खेलमा अग्रता लिन सफल भएको थियो । मार्को एसेन्सियोको क्रसमा एबारका डिफेन्डर पाउलो ओलिभिएराले आत्माघाती गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यस्तै सो गोलको दश मिनेटभित्र रियल अर्को गोल गर्दै आफ्नो अग्रता दोब्बर बनाउन सफल भयो । इस्कोको पासमा एसेन्सियोले राम्रो गोल गर्दै स्कोर २-० बनाएका थिए । रियल दोस्रो हाफमा पनि थप एक गोल गर्न सफल भएको थियो ।

थियो हर्नान्डेजले कुदाउँदै अघि बढाएका बललाई करिम बेन्जेमाले परिवर्तित खेलाडी मार्सेलोलाई पास गरेका थिए । त्यस पासलाई सदुपयोग गर्दै मार्सेलोले राम्रो फिनिस गरे र आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको रियल ९ खेलमा २० अंक साथ आफ्नो प्रतिद्वन्दी बार्सिलोनाभन्दा ५ अंकले पछाडि रहेको छ ।

ला लिगामा आइतबार खेलिएका अन्य खेलहरुको नतिजा :

भिल्लारियल ४-० लास पाल्मास

सेल्टा भिगो ०-१ एट्लेटिको म्याड्रिड

लेगानेस १-० एथ्लेटिक बिल्बाओ

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.