8 years ago
October 23, 2017
उडिन (एजेन्सी) – इटालियन सेरिआमा गए राति साविक विजेता युभेन्टसले उडिनिसलाई ६-२ ले हराएको छ । युभेन्टसको आकर्षक जितमा मिडफिल्डर सामि खेडिराले आफ्नो करियरको पहिलो ह्याट्रिक पनि गरे ।
घरेलु टोली उडिनिसले आठौं मिनेटमा सेटिप पेरिकाद्वारा खेलमा अग्रता लिएको थियो । तर उडिनिसका डिफेन्डर समिरको आत्मघाती गोलले युभेन्टस खेलमा फर्केको थियो । त्यस्तै बीसौँ मिनेटमा जुवान क्वाड्राडोको पासमा हेडर गर्दै जर्मनीका खेडिराले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।
खेलमा फर्किँदै गर्दा भ्रमणकारी टोली १० खेलाडीमा सीमित भएको थियो । फरवार्ड मारियो मान्डजुकिचले २६ औँ मिनेटमा खेलको दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसको फाइदा उठाउँदै ड्यानिलोले गोल गरे र उडिनिसलाई फेरि खेलमा फर्काएका थिए ।
त्यसपछि भने युभेन्टसलाई रोक्न असम्भव नै देखियो । दोस्रो गोल खाएको १५ मिनेटमै ड्यानियल रुगानि र सामि खेडिराले गोल गर्दै स्कोर ६० मिनेटसम्म स्कोर ४-२ बनाएका थिए । यसैगरी खेलको ८७ औँ मिनेटमा सामि खेडिराले गोन्जालो हिग्वाइनको पासमा पुन: गोल गर्दै आफ्नो पहिलो करियर ह्याट्रिक पनि दर्ता गरे ।
त्यसको तीन मिनेटमा मिरालेम पाज्निचले अलेक्स सान्ड्रोको पासलाई सदुपयोग गर्दै गोल गरे र युभेन्टसको शानदार कमब्याक र ३ अंक दुवै सुनिश्चित गरे । यस जितसँगै युभेन्टस सेरिआको तालिकको तेस्रो स्थानमा छ भने उडिनि सपन्ध्रौँ स्थानमा झरेको छ ।
तालिकाको शीर्ष स्थानमा भने २५ अंकसहित यस सिजन लिगमा अपराजित रहेको नेपोली रहेको छ । नेपोली र दोस्रो स्थानमा रहेको इन्टर मिलानले यस साता गोलरहित बराबरी खेल्दा युभेन्टसलाई फाइदा पनि पुगेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]