8 years ago
October 24, 2017
लण्डन (एजेन्सी) – फिफा ‘द वेस्ट‘ अवार्डमा वर्ष खेलाडिका लागि रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बाजी मारेका छन् भने बार्सिलोनाका लियोनल मेस्सीले गत वर्षझैँ सो विधामा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । तर वर्ष खेलाडिका लागि मेस्सी र रोनाल्डोले एक–अर्कालाई आफ्नो पहिलो तीन रोजाईमा छनोट नै गरेका थिएनन् ।
यस अवार्डका लागि हरेक देशका कप्तान र प्रशिक्षकले शीर्ष तीन खेलाडि रोज्नु पर्ने हुन्छ । त्यसो हुँदा अर्जेन्टिना र पोर्चुगलको कप्तानका रुपमा मेस्सी र रोनाल्डोले पनि आफ्ना यस वर्षका शीर्ष तीन खेलाडि रोजेका थिए ।
तर मेस्सीको शीर्ष तीन रोजाईमा रोनाल्डो परेनन् भने रोनाल्डोको रोजाईमा मेस्सी पनि परेनन् । मेस्सीले एक नम्बरमा बार्सिलोनाका फरवार्ड लुइस स्वारेजलाई राखेका छन् भने आन्द्रेस इनिएस्टा र पूर्व बार्सिलोनाका खेलाडि नेयमारलाई क्रमश: दोस्रो र तेस्रो स्थानमा राखेका छन् ।
मेस्सी जस्तै रोनाल्डोले पनि आफ्ना रोजाईमा रियल म्याड्रिडका साथीहरुलाई प्राथमिकता दिएका छन् । रोनाल्डोले मिडफिल्डर लुका मोड्रिचलाई पहिलो स्थानमा राखेका छन् । त्यस्तै डिफेन्डर सर्जियो रामोसलाई उनले दोस्रो तथा मार्सेलोलाई तेस्रो नम्बरमा राखेका छन् ।
मेस्सी र रोनाल्डोले एक–अर्कालाई भोट नगर्नु कुनै आश्चर्य भने होइन । फिफा बलोन डि‘ओरमा पनि मेस्सी र रोनाल्डोले एकअर्कालाई भन्दा आफ्ना क्लब वा देशका खेलाडिहरुलाई नै भोट दिएको पाइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]