8 years ago
October 24, 2017
स्वान्सि (एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड स्वान्सि सिटीसँग भिड्दै छ । स्वान्सिको घरेलु मैदान लिबर्टी स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ ।
म्यानचेस्टर युनाइटेडका मुख्य दुई डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेका छन् भने रोमेलु लुकाकु, डेभिड डे गेया र निमान्या म्याटिच लगायतका सिनियर खेलाडिहरुले विश्राम पाउने सम्भावना रहेको छ ।
घरेलु टोलीका लागि भने रेनाटो सान्चेज र विल्फ्रिड बोनी घाइते रहेकाले यस खेलमा सहभागी हुने छैनन् । यस साता स्वान्सिले प्रिमियर लिगमा आर्सनलसँग खेल्दै छ त्यसैले प्रशिक्षक पल क्लेमेन्टले पनि आफ्ना केही खेलाडीलाई विश्राम दिन सक्ने छन् ।
आउने साता प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग भिड्दै छ त्यसैले आज रातिको खेलमा प्रशिक्षक जोसे मौरिन्होले दोस्रो रोजाईका खेलाडिहरु खेलाउने सम्भावना रहेको छ । यहि साता युनाइटेड हडर्सफिल्डसँग २-१ ले हारेकाले स्वान्सिलाई यो खेल जित दर्ता गर्ने राम्रो अवसर पनि हुने छ ।
आज राति इएफएल कपका अन्य खेलहरु:
ब्रिस्टोल विरुद्ध क्रिस्टल प्यालेस – १२.३० बजे
बर्नमाउथ विरुद्ध मिडल्सब्रो – १२.३० बजे
आर्सनल विरुद्ध नर्विच – १२.३० बजे
लेस्टर विरुद्ध लिड्स – १२.३० बजे
म्यानचेस्टर सिटी विरुद्ध वुल्भ्स – १२.४५ बजे
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]