default_image

8 years ago

October 25, 2017

‘मेस्सीलाई अवार्ड दिन नपाउँदा दुःख लागेको छ’- म्यारोडोना

126 views

0 Bookmark

लन्डन (एजेन्सी)– अर्जेन्टिनका महान खेलाडी डिएगो म्यारोडोनाले सोमबार राती लन्डनमा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई फिफा उत्कृष्ट खेलाडी २०१७ को अवार्ड प्रदान गरेका थिए । तर, अवार्ड वितरण समारोहपछि लियोन मेस्सीलाई नभइ रोनाल्डोलाई अवार्ड दिनु परेकोमा म्यारोडोनाले दुःख मनाउ गरेका छन् ।

रोनाल्डोले लगातार दोस्रो दोस्रो वर्ष फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । उनले अवार्डका लागि मेस्सी र नेयमारलाई पछि पारेका थिए । अवार्डपछि म्यारोडोनाले भने,‘मेस्सीलाई नभएर रोनाल्डोलाई दिन पर्दा नरमाइलो लागेको छ । ’

म्यारोडोनाकोले मेस्सी सम्मिलित अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई सन् २००८ देखि २०१० सम्म प्रशिक्षण दिएका थिए । उनले अवार्डका दौरान मेस्सीलाई भेटेका थिए । उनले मेस्सीसँगको भेटका बारेमा भने,‘मेस्सीसँगको भेट उत्कृष्ट थियो । हामीले कुराकानी गर्यो । हाम्राबीच अहिले पनि उस्तै छ जहिले पहिले हुने गथ्र्यो ।’

मेस्सीले गत सिजन ३४ खेलमा ३७ गोल गरेका थिए । ३० वर्षे मेस्सीकै उच्च प्रदर्शनबाट प्रेरित अर्जेन्टिनाले इक्वेडरलाई पराजित गर्दै अर्को वर्ष रसियामा हुने फिफा विश्व कपका लागि स्थान सुरक्षित गरेको थियो ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.