8 years ago
October 25, 2017
मर्सिया (एजेन्सी) – साविक विजेता बार्सिलोनाले कोपा डेल रे को अन्तिम ३२ को पहिलो लेगको खेलमा रियल मर्सियालाई ३-० ले हराएको छ । गए राती स्टार स्ट्राइकरद्वय लियोनल मेस्सी र लुइस स्वारेजलाई विश्राम दिएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लबमाथि सहज जित हात पारेको हो ।
बार्सिलोनाको जितमा पाको एल्कासर, जेरार्ड डेउलोफेउ र जोसे अर्नाइज दियाजले गोल गरे । पहिलो हाफमा ४४ औं मिनेटमा एल्कासरले भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए भने डेउलोफेउले ५२ औं मिनेटमा बार्साको अग्रता दोब्बर गरेका थिए । अर्नाइजले ५६ औं मिनेटमा शानदार गोल गर्दै बार्सिलोनालाई तेस्रो जित दिलाएका थिए ।
अन्य खेलहरुमा सेभिल्लाली कार्टागेनामाथि ३-० को जित हासिल गर्यो भने मालागा दोस्रो डिभिजनको नुमानसियासँग २-१ ले स्तब्ध भयो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]